७ बैशाख २०८१, शुक्रबार
बाम–लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ (क) को प्रदेशसभा निर्वाचन परिचालन समिति गठन

नाम अनुसार काम गरेर देखाउने छु : अथक, गएको ५ बर्षमा बिकासको आधार तयार पारिएको छ : नमुना



बाम–लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ क को प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरीएको छ । शनिबार बाँके क्षेत्र नं. १ (क) अन्तर्गत राप्तिसोनारी २ अगैयामा बसेको बाम–लोकतान्त्रीक गठबन्धनको संयुक्त बैठकले पट्टु थारूको संयोजकत्वमा १५ सय ५१ सदस्यीय प्रदेश निर्वाचन परिचालन समिति गठन गरीएको हो । समितिको सहसंयोजकमा अमर बहादुर बुढाथोकी रहेका छन ।त्यसैगरी थारूकै संयोजकत्वमा १३ सदस्यीय सचिवालय समेत गठन गरीएको छ ।
सचिवालय स्थपना पछी राप्ती सोनारी २ अगैयामा बाम–लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय तथा सचिवालय स्थापना गरीएको छ । बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा पदका उम्मेद्वार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (क) का उम्मेदवार कृष्णा केसी (नमुना) को उपस्थितिमा कार्यालय तथा सचिवालय उद्घघाटन गरीएको हो । सचिवालय उद्घाटन भएसँगै निर्वाचनका सम्पूर्ण कामहरू सचिवालयबाटै संचालन हुने भएका छन ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार महेश्वर गहतराज अथकले आजको परिवर्तनको नेतृत्व गरेका पार्टिहरूबिच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताए । उनले राष्ट्रिय दायित्व (नवौं राष्ट्रिय खेलकुद) निर्वाह गर्नुपर्ने भएकाले चुनावि गतिविधि केही ढिला हुनपुगेकोमा क्षमा याचना गर्दै सचिवालय गठन भएसँगै चुनाव प्रचार प्रसारको काम तिब्र गतिमा अगाढि बढ्ने बताए । उनले तथाकथित राष्ट्रवादि, प्रतिगामीहरूले गठबन्धनलाई असफल गराउने प्रयास गरीरहेकाले सचेत हुनुपर्ने बताए ।
ब्यवस्था बदलियो, अब जनताको अबस्था बदल्नु जरुरी भएको भन्दै उम्मेदवार अथकले पाँच दलिय गठबन्धनभित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडी बढनु पर्ने धारणा राखे । उनले पुरानो अनुभव र नयाँ उत्साहकासाथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत जनाए ।
बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र १ मा देखिने खालका कामहरू भएको बताउदै आधारभुत आवश्यकता , सडक , बिजुली , पानि र कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनिय कामहरु भएका बताए ।
चुनाव जित्नु ठुलो कुरा नभएको बताउदै उम्मेदवार अथकले मुलुक प्रतिको ईमान्दारीता सबै भन्दा ठुलो कुरा भएको बताउदै आजको ब्यवस्था प्रति माओवादि र काँग्रेसलाई जति माया छ त्यो अरू दललाई नभएको धारणा राखे ।
सचिवालय उद्धघाटन पछि बोल्दै बाँके १ क की प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले गठबन्धनको मर्म भन्दा बाहिर नजाने प्रतिवद्दता जनाईन । उनले गएको ५ बर्षमा बिकासको आधार तयार पारिएको भन्दै केहि काम बाँकि रहेका र केही पाईपलाईनमा भएको बतउँदै तिनलाई पूरा गर्ने दायित्व गठबन्धनको काँधमा आएको बताईन ।
ब्यक्ति भन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनौट भएकाले गठबन्धका सबै उम्मेदवार लाई जिताउन आग्रह गरिन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी , नेपाली काग्रेस लगायत गठबन्धमा आवद्ध दलका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

बाँके १ (ख) मा यस अघि नै २ हजार १ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिती गठन भई सकेको छ ।

Nabintech