१३ बैशाख २०८१, बिहीबार
सक्षम व्यक्तिलाई चुन्न नेता अकल बमको आग्रह


नेपालगन्ज / नेकपा (माओवादी केन्द्र) का नेता तथा बाँके क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अकल बहादुर बमले आफूलाई जिताउन आगामी गर्नु भएको छ । नेता बमले अवको नेतृत्व युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गर्नु भयो । जनताको काम गर्न नसके अर्कोपटक चुनावी मैदानमा घरीघरी नआउने समेत बताउनु भयो । सधैं जनता झुक्याउनेलाई चिन्न पनि नेता बमले जनतालाई सचेत गराउनु भयो ।

बाँके क्षेत्र नं २ (ख) को नेपालगन्जमा चुनावी प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले जनता झुक्याउने नेतालाई यसपालीको चुनावले नै ठेगान लगाउनु पर्ने बताउनु भयो । ‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन । आश्वासन र सपनाहरू बाँडिरहेको पनि हैन । यसअघि पनि यो क्षेत्रले सांसद पायो । जिल्लाले प्रधानमन्त्री पनि पायो, मन्त्री पायो तर नेपालगन्जले के पायो रु यो क्षेत्रका जनताले के पाए रु यहाँ के विकास भयो ?’ उहाँँले भन्नुभयो, ‘ आफू पहिलो पटक चुनाव लडिरहेको छु । जनताको चौकीदार बन्न राजनीतिमा होमिएको हुँ ।’ देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउन र जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एकपटक यो पार्टीलाई मौका दिन उहाँले अपिल गर्नु भयो। तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने उहाँले प्रतिवद्दता जनाउनु भएकोछ ।

चुनाव प्रचार प्रसारका लागि माओवादी केन्द्र नेपालगन्जले निर्वाचन क्षेत्र नं। २ (ख) का सबै वडाहरूमा प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ । शुक्रबार पनि नेपालगञ्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुल्ने माओवादी केन्द्र नेपालगन्ज प्रचार विभागले जानकारी दिएको छ । जस अनुसार नेपालगञ्ज उपमहानगर वडा नं ४ को बाइपास रोडमा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । आजै नगर पार्टी कार्यालयमा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम भएको निर्वाचन परिचालन कमिटीका संयोजक नविन शर्माले जानकारी दिनु भयो

Nabintech