१३ बैशाख २०८१, बिहीबार
जनबर्गीय संगठनहरुको निर्वाचन परिचालन समिती गठन


वाम लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ ख ले मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी बिभिन्न जनबर्षिय संगठनको निर्वाचन परिचालन समिती गठन गरेको छ ।
गठनबन्धको १ ख का निर्वाचन परिचालन समितीको संयोजक बलाराम शर्माको प्रमुख अतिथ्यतामा भएको भेलाले, युवा, बिद्यार्थी र महिला संगठनको संयोजक र सह संयोजक तोकेको छ ।
भेलाले युवा परिचालनको संयोजकमा बिश्वराज लम्साल, सह संयोजकमा लाल बहादुर खड्का, दिपेन्द्र कुवर र भरत खड्कालाई जिम्मेवारी दिएको छ ।


यसैगरि बिद्यार्थी परिचालका लागी राजेन्द्र बिष्ट लाई संयोजक तोकेको छ । जसको सह संयोजकमा युवराज बिष्ट, कालि बहादुर डाँगी ,चएन भएका छन ।


महिला परिचालका लागी संयोजक बाल कुमारी सापकोटा , सह संयोजकमा मञ्जु सत्याल र दुरपता पाण्डे रहेका छन ।
भेला पछि बोल्दै निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माले गठबन्धनले अगाडी सारेका उम्मेदवार लाई जिताउन निर्देशन दिएका थिए ।


उनले प्रतिगमन लाई परास्त गर्न गठन भएको गठबन्धनका पक्षमा ईमान्दार तरिकाले लाग्नु पर्ने बताउदै गठनबन्धले अगाडी सारेका उम्मेदारको जित सुनिश्चत भएको बताए ।
गठबन्धनका निर्वाचन परिचालनका लागी बाँके १ ख मा बलराम शर्माको संयोजकत्वमा २ हजार १ सय ५५ सदस्य निर्वाचन परिचालन तथा प्रचार प्रशार समिती गठन गरिएको निर्वाचन परिचनल समितीका सदस्य सचिव बल बहादुर खड्काले जानकारी दिए ।

 

Nabintech