१२ बैशाख २०८१, बुधबार
बिकास गर्न नसके अर्को पटक उम्मेदवार बन्दिन :अकल बहादुर बम


नेपालगन्ज मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का युवा नेता बाँके क्षेत्र नम्बर २ अन्तरगत (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार अकल बहादुर बमले यसपाली जनताले जिताएर प्रदेश (ख) मा बिकास गर्न नसके अर्को पटक उम्मेदवार नबन्ने प्रतिबद्धता गर्नुभएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ नेकपा (माओवादी केन्द्र) को वडा कमिटी बैठकमा बोल्दै युवा नेता तथा उम्मेदवार बमले नेपालगन्ज भित्र रहेका आजसम्म कसैले पूरा नगरेका जनताका समस्याहरु शिक्षा,स्वास्थ,बाटोघाटो तथा खानेपानी लगायत विभिन्न समस्याको समाधान गर्ने बताउनुभएको छ।

देशमा ब्यबस्था बदल्ने नेकपा (माओवादी केन्द्र)ले नै अब जनताको अबस्था बदल्न सक्ने युवा नेता बमले दाबी गर्नुभयो।
उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य देखि वडा कमिटी सदस्य सम्मका नेताहरुको उपस्थिती रहेको थियो।

Nabintech