६ बैशाख २०८१, बिहीबार
नरैनापुरबासी भन्छन् : अथक र नमुना विकास प्रेमी नेता हुन् भोट दिन्छौ


सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारी र नरैनापुरमा सबैभन्दा धेरै विकास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र प्रदेश सभा सदस्य कृष्णा के.सी. (नमुना) ले दावी गरेका छन् ।
२०७४ सालको निर्वाचनमा बाँके क्षेत्र न। १ बाट संघिय सांसदमा जितेका महेश्वर अथक र प्रदेश सभा जितेका नमुनाले सबैभन्दा धेरै विकास गरेको दावी गरेका हुन । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन बाट फेरी पनि पुरानै पदमा उम्मेदवारी दिएका अथक र नमुनाले काम गर्ने विकास प्रेमी नेता भने पछि जनताले मत दिने दावा गरेका हुन ।
मंगलबार नरैनापुर गाउँपालिकामा अगुवा नेता कार्यकर्ताहरुलाई सम्वोधन गर्दै मन्त्री अथकले भने बाटो ल्याउने, बिजुली ल्याउने नेता फेरी पनि उठेका छन् भनेर मात्रै भने पुग्छ जनताले अत्यधिक मत दिन्छन् । मन्त्री अथकले आफुहरुले आफ्नो कार्यकालमा गरेको कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै आफुहरुको पालामा नरैनापुर र राप्ती सोनारीको गुणात्मक विकास भएको उल्लेख गरे । थुप्रै बाधा अड्चन र विपक्षिहरु संगको ठुलो जोखिम मोलेर मुद्धा मामिला झेलेर नरैनापुर र राप्ती सोनारीको ४ वटा वडामा वत्ती बाल्न सफल भएको मन्त्री अथकको कथन थियो ।

प्रदेश सभा सदस्यकी उम्मेदवार नमुनाले नरैनापुरमा घमण्डका साथ जनता माझ भन्न मिल्ने, हुलाकी राजमार्ग निर्माण, विद्युत विस्तार,पुर्वि नहर विस्तार , शिक्षा क्षेत्रमा बृहत योजना, शिक्षा हाँसिल गर्ने किशोरीलाई साईकल वितरण, घर घरमा चुल्हो ग्याँसको व्यवस्था लगायतको उल्लेख्य कार्य गरेको बताईन । कार्यकर्ताहरुलाई निर्देशन दिदै सबै कार्यकर्ता यतिबेला आफु उम्मेदवार भएर जनताको घर घरमा माओवादी र नमुना अथकले गरेको काम बारे प्रचार गर्न नमुनाले आग्रह गरिन ।

उनले सबै एक मन भएर लगौं फेरी पनि एक कार्यकालमा नरैनापुर र राप्ती सोनारी लगायत क्षेत्र न। १ मा विकास गरेर देखाउने छौं भनिन । मंगलबार नरैनापुर गा।पाको १ देखि ६ न। वडाको विभिन्न स्थानमा गठबन्धन अन्तर्गत माओवादी र काँग्रेसका नेता कार्यकर्ताहरु संग अथक र नमुनाले भेटघाट गरेका छन् ।

Nabintech