१६ चैत्र २०८०, शुक्रबार
आगामी ५ वर्षमा बिकास र समृद्धीको अभियानले गति लिन्छ : अथक


युवा तथा खेलकुद मन्त्री एवं वाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार महेश्वर गहतराज (अथक)ले आगामी ५ वर्षमा यस क्षेत्रमा बिकास र समृद्धीको अभियानले गति लिने बताएका छन । बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिती, बाँके निर्वाचन क्षेत्र नं १ (ख) को तर्फबाट आयोजित प्रथम बैठक तथा भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन ।

उनले बिगत ५ वर्षमा ठुला, मध्यम तथा साना आयोजनाको सुरुवात गरेर बाँकेमा बिकासको आधार तयार गरिएको भन्दै आगामी ५ वर्षमा यसलाई पुर्णता दिईने बताए । वर्षौदेखि अँध्यारोमा बस्न बाध्य १ नं। निर्वाचन क्षेत्रका नागरीकलाई बिद्युतिकरणसँग जोड्न गरीएको प्रयन्नले पुर्णता पाएको बताउँदै अथकले राप्तिसोनारी र नरैनापुरलाई सडक संजालसँग जोडेर बिकासको मुलप्रवाहमा ल्याईएको बताए । सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा रहेको क्षेत्र नं १ मा बिद्यालय भवन, सडक पूर्वाधार, स्वास्थ्य पुर्वाधार, सिक्टा सिचाई आयोजना लगाएतका महत्वपूर्ण बहुआयामिक र बहुउद्धेशिय आयोजनाहरूको सुरुवात भईसकेको उनले बताए । उनले बाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराई विकासका अपुरा कामलाई तिब्रता दिनुपर्नेमा समेत जोड दिए ।
लोकतान्त्रीक व्यवस्था सफल पार्न र सर्वसत्तावादी सोच राख्नेहरुलाई असफल पार्न बाम(लोकतान्त्रीक गठवन्धनका साझा उम्मेदवारहरुलाई जनताले अनुमोदन गर्नेमा उनले विश्वास व्यक्त गरे ।

यस्तै वाम(लोकतान्त्रीक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ (ख) को उम्मेदवार फुलाराम थारुले समग्र विकास, संविधान र अहिलेको व्यवस्थाको रक्षाको लागि पनि बाम लोकतान्त्रीक गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए । नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को संयुक्त सार्थक पहल र ९ बुँदे सहमतिबाट अहिलेको व्यवस्था आएको स्मरण गर्दै संविधान र अहिलेको व्यवस्था रक्षा गर्ने जिम्मेवारी वाम(लोकतान्त्रीक गठबन्धनको भएकाले निर्धक भएर वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन थारूले आग्रह गरे ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी समिति सदस्य पुर्णा कुमारी सुवेदीले वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन निर्देशन दिदै केन्द्रमा भएको सहमतीको अक्षरस कार्यान्वयन गर्नुपर्ने बताइन ।
नेपाल कम्युनिष्ट पार्टी ९(कीकृत समाजवादी) की नेतृ नारायणी वलीको स्वागत मनतव्यबाट सुरु गरिएको कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस प्रदेश (ख) का सभापती तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्मा न्यौपाने गरेका थिए ।

Nabintech