१५ चैत्र २०८०, बिहीबार
नवौँ राष्ट्रिय खेलकुद : विभागीय टोलीको वर्चस्व


काठमाडौं / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।

गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ।

१२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो स्थानमा छ। ११ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३५ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ।

१० स्वर्णसहित ३६ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश ८ स्वर्णसहित २८ पदक जितेर पदक तालिकाको पाँचौ स्थानमा छ।

एनआरएनएले ४ स्वर्णसहित ११ पदक जितेको छ, मधेस प्रदेशले २ स्वर्णसहित ८ र सुदूरपश्चिमले १ स्वर्णसहित १० पदक जितेर क्रमशः छैटौं,सातौं र आठौं स्थानमा छन्।

लुम्बिनी प्रदेशले र कर्णाली प्रदेशले अहिलेसम्म स्वर्ण जितेका छैनन्। लुम्बिनीले ६ रजत र चार कास्य सहित चार पदक जितेको छ भने कर्णाली प्रदेशले एउटामात्रै कास्य पदक जितेको छ।

कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा आज पनि विभिन्न खेलमा प्रतिष्पर्धा हुँदैछ।

Nabintech