८ बैशाख २०८१, शनिबार
प्याराग्लाइडिङ खेलाडि थापाकाे मृत्युप्रति खेलकुद मन्त्री अथकद्वारा दु:ख ब्यक्त


बाँके/ युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडिकाे मृत्यु हुने गरि भएकाे दुर्घटनाप्रति दु:ख ब्यक्त गरेका छन ।

आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडि सहितकाे प्याराग्लाइडिङ दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियाे । उक्त घटनाप्रति दुख ब्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडिलाई श्रद्धाञ्जली अर्पण गरेका हुन ।

सामाजिक संजालमा घटना प्रति दुख ब्यक्त गर्दै मन्त्री अथकले यस्ताे लेखेका छन, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तरगत प्यारागलाइडिङ प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लव(विभागीय)का खेलाडी निसिम थापाको मृत्युको खबरले दुःखीद र मर्माहत बनाएको छ ।

यो क्षति र शोकको घडीमा मृतक प्रति हार्दिक श्रद्वान्जली । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना । साथै सबैलाई धर्यै धारण गर्न उच्च मनोबल राख्न अनुरोध छ ।’

Nabintech