१६ चैत्र २०८०, शुक्रबार
बाँके क्षेत्र नं १ ‘ख’मा गठबन्धनको मुल प्रचारप्रसार समिति गठन


कोहलपुर / आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीको लगी बाँके क्षेत्र नं १ (ख )प्रदेशको बाम लोकतान्त्रिक गठबन्धन पहिलो बैठक कोहलपुरमा सम्पन्न भएको छ । उक्त बैठकले बाम लोकतान्त्रिक गठबन्धनबाट उमेदवार भएका बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका महेश्वर गहतराज
(अथक) प्रदेश सभासदस्य तथा क्षेत्र नं १ प्रदेश ‘क’ की उमेदबार कृष्णा केसी (नमुना) र प्रदेश ‘ख’का उमेदबार फुलाराम थारुलाई जिताउने अभियान संचालन गर्नको लागी बैठकले विभिन्न ३ वटा निर्णयहरु गरेको छ ।
बैठकले २१५५ संयुक्त निर्वाचन परिचालन मुल समिति गठन गर्ने निर्णय गरेको छ । जसको सयोजकत्व नेपाली काँग्रेसका प्रदेश ख सभापति बलराम शर्मा रहेका छन् । यस्तै वैठकले संयूक्त निर्वाचन समितिको १५ सदस्यी सचिवालय परिचालन समिति गठन गरेको छ । बैठकले गठबन्धनको संयूक्त सचिवालय कोहलपुर नगरपालिका वडा नं ११ गोलपार्कमा राख्ने निर्णय गरेको नेपाली काँग्रेस नगर सचिव बालकुमार शर्माले जानकारी गराएका छन् । बैठकमा नेपाली काँग्रेस ,नेकपा माओवादी केन्द्र , एकिकृत समाजबादी र राष्ट्रिय जनमोर्चाका प्रदेश ‘ख’ नेताहरुको बैठकवाट यस्तो निर्णय गरिएको थियो । मुल समितिमा ४ दलका क्षेत्र नं। १ ‘ख’ प्रदेशमा वडा तह सम्मका पदाधिकारी मुल समिति सदस्य रहने गरेर मुल समिति निर्माण गरिएको छ ।

Nabintech