४ बैशाख २०८१, मंगलवार
नवाैं खेलकुदलाई ब्यवस्थित बनाउन मन्त्री अथककाे निर्देशन


पाेखरा / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितालाई भब्य र ब्यवस्थित बनाउन निर्देशन दिएका छन । प्रतियोगिता मुल आयाेजक समितिकाे संयाेजक समेत रहेका मन्त्री अथकले मातहतका समिति र कर्मचारीहरूलाई प्रतियाेगितालाई ब्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिएका हुन । प्रतियाेगिताकाे अन्तिम तयारी तथा प्रतियाेगिता स्थलकाे निरिक्षण गर्दै मन्त्री अथकले खेलाडिहरूकाे सुविधा तथा व्यवस्थापनमा कुनै कमि हुन नदिन समेत निर्देशन दिएका छन । उनले लामाे समयपछि हुन गईरहेकाे प्रतियाेगितालाई ऐतिहासिक रूपमा सफल बनाउने दायित्व सबैकाे भएकाले आफ्नाे आफ्नाे जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न निर्देशन दिएका हुन । असाेज २८ देखि कात्तिक ३ गतेसम्म पाेखरामा संचालन हुने नवाै प्रतियाेगिताकाे आज उपराष्ट्रपति नन्दकिशाेर पुन (पासाङ) ले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

Nabintech