७ बैशाख २०८१, शुक्रबार
नवौं प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने


काठमाडौं / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष शिव कोईरालाले नवौंको उद्घाटनका लागि उपराष्ट्रपति पुनलाई निमन्त्रण पत्र दिएका छन् । उनले मंगलबार उपराष्ट्रपति पुनलाई भेटेर उद्घाटन सत्रको प्रमुख अतिथीको रुपमा आतिथ्यता ग्रहणका लागि अनुरोध गरेका हुन् ।

उपराष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा आफु उपस्थित हुने र प्रतियोगिताको सफलताको शुभकामना उपाध्यक्ष कोईराला सहितको टोलीलाई दिएका थिए ।

राखेप उपाध्यक्ष कोईरालाले नवौंको प्रमुख अतिथीको रुपमा उपराष्ट्रपतिलाई आमन्त्रण गरिएको बताए ।

यसअघि गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने तयारी थियो । सोही अनुसार प्रतियोगिताको प्रमुख आतिथ्यताका लागि राष्ट्रपति भण्डारीलाई निमन्त्रणा समेत गरिएको थियो । तर कोभिडको संक्रमणबाट राष्ट्रपति भण्डारी बिरामी परेपछि उद्घाटन सत्रको कार्यक्रमलाई लिएर अन्यौलता सिर्जना भएको थियो ।

प्रतियोगिताको उद्घाटन उपराष्ट्रपतिबाट र समापन प्रधानमन्त्रीबाट गराउने राखेपको तयारी छ । प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुदैछ ।

Nabintech