६ बैशाख २०८१, बिहीबार
बाँके क्षेत्र नं १ : प्रतिनिधी सभा सदस्यका लागि  मन्त्री अथक सहित ११ को उम्मेदवारी


बाँके क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बिभिन्न राजनैतिक दल र स्वतन्त्र गरि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी वाम लोकतान्त्रीक गठबन्धनका तर्फ बाट माओवादी केन्द्रका मेहश्वर जंग गहतराज अथकले उम्मेदवारी दर्ता गराएका हुन । उनि निवर्तमान सांसद तथा बाहालवाला युवा तथा खेलकुद मन्त्री समेत हुन ।
यसैगरि नेकपा एमालेको तर्फ बाट सुर्य ढकाल , जनता समाजवादी पार्टीका तर्फबाट , राम कुमार यादव , नेपाली काग्रेस बिपीको तर्फ वाट कुन्ती शर्मा , नेपालका लागी नेपाली पार्टीका तर्फबाट भक्त बहादुर थापा मगर , रष्ट्रिय स्वतन्त्र पार्टी बाट आनन्द बाबु काफ्ले , नेपाल कम्युनिष्ट पाटी माओवादी समाजवादीका तर्फ बाट उब्जड शाही , लोकतान्त्रीक समाजवादी पाटीका तर्फ बाट राम चरण चौधरी , नागरिक उन्मुक्ति पार्टीको तर्फ बाट सुरेश कुमार चौधरी , नेपाल मजदुर किसान पार्टीका तर्फबाट नबीन कुमार शाही र स्वतन्त्र प्रदिप कुमार शाहले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

Nabintech