१४ बैशाख २०८१, शुक्रबार
राप्ती सोनारीमा राहात र उद्धारकार्यमा वाई सि एल


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को साहायक संगठन योङ कम्युनिष्ट लिग वाई सि एलले राप्ती सोनारी क्षेत्रका बाढि प्रभावितहरुको उद्धार तथा राहातको काम शनिवार पनि जारी राखेको छ ।

वाई सि एल राप्ती सोनारीका अध्यक्ष सुनिल गिरीले शुक्रवार देखि सुरु गरेको उद्धार र राहातको काम लाई शनिवार पनि जारी राखेको जानकारी दिए ।
शुक्रवार वाई सि एलले राप्ती सोनारीको डुवान प्रभाबित सबै वडामा उद्धारको काम गरेको थियो ।
शनिवार देखी राहात बितरण सुरु गरेको गिरीले जानकारी दिए । उनले शनिवार राप्ती सोनारी ३ का बाढि प्रभाबित लाई २० हजार बरावरको चाउचाउ , चिउरा , पानि लगायतका आधारभुत खाद्य समाग्री बितरण गरेको जानकारी दिए ।
आईतवार राप्ती सोनारी १ का अति प्रभाबित लाई राहात सामाग्री बितरण गर्ने योजना रहेको समेत जानकारी दिए । माओवादी पार्टी सदस्य र शुभचिन्तकहरु बाट राहात समाग्री संकलन गरिएको उनको भनाई छ ।

Nabintech