१२ बैशाख २०८१, बुधबार
राप्ती सोनारीको डुबान क्षेत्रमा पुगे मन्त्री “अथक ”


नेकपा माओवादीका स्थायी समिति सदस्य तथा नेपाल सरकार का युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज “अथक” ले स्थलगत अनुगमन निरीक्षण गरेका छन ।

बाढि प्रभावितहरुको अवस्था बारे जानकारी लिन बाँके आई पुगे लगत्तै मन्त्री अथकले राप्ती सोनारी २ को टिकलिपुर पुगेका थिए ।
अनुगमन पछि मन्त्री अथकले जनता संग कटान तथा डुवान समस्या र यस्को दिर्घकालिन समाधान बारे छलफल गरेका थिए । डुबानका कारण मानवीय क्षति नभए पनि पाकीसकेको धान र घरहरुमा क्षती पुर्याएको स्थानियले बताएका छन ।

अनुगमन मा निवर्तमान प्रदेश सांसद पार्वती पुन उषा, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल , नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं १ संयोजक रेणुका खड्का , कोहलुर नगर उपाध्यक्ष कृष्ण थारु लगायतका नेताहरु को पनि उपस्थिति रहेको थियो।

मन्त्री अथकले डुवान र कटान बाट प्रभावित राप्ती सोनारी , नरैनापुर र कोहलपुर क्षेत्रको पुर्ण अवलोकन गरि सके पछि केन्द्र सरकार बाट राहात घोषणाका लागी पहल गर्ने बताएका छन ।

राप्ती सोनारी २ मा मात्रै झण्डै ४ सय घर डुवान बाट प्रभावित भएको स्थानियको प्रारम्भीक आंकलन छ । भने राप्ती सोनारी र नरैनापुरमा झण्डै ४ हजारको स्थानिय प्रभावित भएको अनुमान गरिएको छ ।

Nabintech