१६ चैत्र २०८०, शुक्रबार
प्रचण्डको ब्रिफिङ– बेलुकासम्म घटनाक्रम विकसित हुन सक्छ, जसपाका केही नेता गठबन्धनबाटै लड्छन्


काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०का केही नेताहरु सत्ता गबठन्धनबाट चुनाव लड्न सक्ने बताएका छन् ।

शुक्रबार साँझ पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने,“जसपाका केही शीर्ष नेताहरुसँग गम्भीर छलफल चलिरहेको छ । सम्भवतः उहाँहरुका हाम्रै गठबन्धनबाट चुनाव लड्नुहुन्छ होला । शनिबार साँझसम्म घटनाक्रम विकसित हुनसक्छ ।”

प्रचण्डले को–को नेता भनेर नाम भने खुलाएनन् ।

सत्ता गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग गठबन्धन गर्ने तयारीमा छ ।

Nabintech