८ बैशाख २०८१, शनिबार
राप्ती नदिको बाढीले बाँकेमा ३ हजार बढी बिस्थापित


राप्ती नदिको बाढीले राप्ती सोनारी गाउँपालिका २ टिकुलिपुरका सयौं स्थानीय बिस्थापित भएका छ्न । नदीतटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सयभन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । नदीमा आएको बाढी अहिले पनि खतराको सतहभन्दा माथि बगिरहेको छ ।

दुई दिनदेखि विस्थापित भएका कृषि चौफेरिका २ सय ५० जनालाई अझै पनि नेपालगन्जबाट खाद्यान्न पुर्‍याउन सकिएको छैन । डुबानबाट विस्थापित भएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ र २० का ४ सयभन्दा बढी बासिन्दालाई पनि उपमहानरपालिकाले राहत तथा खाद्यान्न उपलब्ध गराएको छैन ।

राप्ती सोनारीसँगै बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था छ ।

नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् ।

Nabintech