१६ चैत्र २०८०, शुक्रबार
क्षति रोक्नेतर्फ तदारूकताका साथ लाग्न सुरक्षा अधिकारीहरूलाई निर्देशन


बाँके / भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बिहिवार बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन ।

डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुगेका थिए ।
मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको बताए ।

उनले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिए । उनले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए ।

बिहिवार दुर्गा पूजामा राखिएका मुर्तिहरूको विसर्जन गर्ने दिन पनि हो। हरेक वर्ष सयौं मुर्तिहरू विसर्जनका लागि हजारौं दुर्गाभक्तहरू राप्ती नदीमा पुग्ने गर्छन् । मन्त्री राईले राप्ती नदीमा पानीको सतह बढेकाले मुर्ति विसर्जनमा जानेहरूलाई सजगता अपनाउन आग्रह गरेका छन। उनलेले जिल्लाका सुरक्षा अधिकारीहरूलाई सुरक्षित तरिकाले मुर्ति विसर्जनको व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

Nabintech