७ बैशाख २०८१, शुक्रबार
काँग्रेस सह महामन्त्री राठौर बाँके ३ मा चुनाब लड्ने निश्चित

बाँकेसँग मेरो जति नजिकको सम्बन्ध छ, त्यति बर्दियासँग छैन : राठौर



नेपालगन्ज / नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर ३ मा पार्टीका सह(महामन्त्री किशोर सिंह राठौरलाई प्रतिनिधी सभाको उम्मेदवार बनाएको छ । नेपालगन्जका स्थायी बासिन्दा रहेका राठौर यसअघि बर्दिया क्षेत्र नम्बर २ बाट चुनाब लड्दै आएका थिए ।
यस पटक बर्दिया क्षेत्र नम्बर २ सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रको भागमा पर्ने भएपछि पार्टीले उनलाई बाँके क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा नेता राठौर समानुपातिक सांसद बनेका थिए । सहमहामन्त्री राठौर बाँके क्षेत्र नम्बर ३ बाट चुनाब लड्ने निश्चित भएपछि काँग्रेस कार्यकर्ताले स्वागत गरेका छन् ।
नेता राठौरले विगत ६० वर्षदेखि आफ्नो घर बाँकेको नेपालगन्जमा रहेको बताउँदै आएका छन् । नेपाली काँग्रेसका पुर्बसभापति तथा पुर्ब प्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला र आफ्नो एउटै निर्वाचन क्षेत्र पर्ने भएपछि आफू केही समयका लागि मात्र बर्दिया जिल्लामा पार्टीको राजनीति गर्न गएको प्रष्ट पारेका छन । बाँके जिल्लासँग मेरो जति नजिकको सम्बन्ध छ, त्यति नजिक बर्दियासँग छैन, विगत ६० वर्षदेखि मेरो बसोबास बाँकेमा छ, उनले भने ।
नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पुर्बमहामन्त्री हुर्मत न्यौपानेले पार्टीका सह(महामन्त्री राठौर बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने निश्चित भइसकेको बताए । बाँके ३ मा टुंगो लागेपनि क्षेत्र नम्बर १ र २ मा टुंगो लाग्न बाँकी रहेको उनले सुनाए ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँले पार्टीका शिर्ष नेता राठौर चुनाब लड्ने निश्चित हुनु स्वागत योग्य कुरा भएको बताए । यहाँको समग्र विकासका निम्ति किशोर दाइ चुनाब लड्न आवश्यक थियो, जुन निर्णय पार्टीले गरेको छ, यो स्वागत योग्य छ, उनले भने ।

Nabintech