१६ चैत्र २०८०, शुक्रबार
एन आई सि एशिया बैंक बाँसगडीद्धारा थारु परिवार लाई बिमा रकम हस्तान्तरण


बाँसगडी/एन आई सि एशिया बैक बाँसगडी शाखाले सर्वश्रेष्ठ स्थानिय बचत खाता खोलि मृत्यु भएका ज्ञानराज थारु परिवारलाई दुर्घटना पश्चात मृत्यु वापतको बिमा रकम हस्तान्तरण गरेको छ । थारुको परिवार लाई बिमा बापतको १० लाख रकम हस्तान्तरण गरेको हो ।
बाँसगडी शाखा प्रमुख शिशिर शर्माले थारु परिवार लाई सो रकम हस्तान्तरण गरेका हुन । नेपाल ईन्सुरेन्स संगको सहकार्यमा बिमा बापतको रकम हस्तान्तर गरिएको प्रमुख शर्माले बताए ।
सो बैकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजना अन्र्तगत हाल सम्म देश भरका १ हजार ८ सय ६४ जना ग्राहकले घातक बिमा वापत २ करोड ९० लाख , दुर्घटना बिमा बापत १ करोड १० लाख , मेडिकल बिमा बापत ३ करोड ४३ लाख गरि कुल ७ करोड ४३ लाख बिमा रकम हस्तान्तरण गरिएको एन आई सि एशिया बैकले जानकारी दिएको छ ।
देश भरका दुर दराजमा रहेका लाखौ ग्राहक माझ , सहज , सवल र गतिशील , रबिश्वसनीय र उत्तरदायी सेवा दिदै आएको छ ।
एन आई सि बैकको देश भर ३ सय ५९ शाखा कार्यालय , ४सय ७३ एटिएम , १सय २ बिस्तारीत काउन्तर एंव ८१ वटा शाखा रहित शाखा सञ्चालनमा छन ।

 

Nabintech