१२ बैशाख २०८१, बुधबार
खजुरा गाउँपालिकाद्वारा दशैको शुभकामना आदान–प्रदान कार्यक्रम


खजुरा /खजुरा गाउँपालिका बाँकेले हिन्दु नेपालीहरुको महानपर्ब बडा दशै तथा शुभदिपावली तथा छठ पर्व,मोहम्मद डेको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको कार्यालय खजुरामा सम्पन्न कार्यक्रममा शुभकामना सगै सचेतनामुलक सन्देशहरु पनि दिईएको छ ।

चाडपर्बमा बजार र गाउघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र जुवातास खेल्ने घटना हुन सक्ने भन्दै यस्ता कार्य गर्न नदिन सबैलाई गाउँपालिकाले आग्रह रहेको थियो । शुभकामना कार्यक्रम बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विले २०७९ सालको महान चाड विजयादशमी,शुभ दिपावली,छठ तथा मोहम्मद डेको पावन अवसरमा देश तथा बिदेश रहनु भएका सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनी, खजुरा गाउँपालिकाबासी तथा शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी शुभकामना व्यक्त गरे ।
शुभकामना आदान प्रदान कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक उपाध्यक्ष मन्जु मल्ल,प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय ,पालिका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, राजनीति दलका प्रतिनिथि, शिक्षक, सुरक्षा निकाय पालिकाका कर्मचारीहरु,स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्षहरु, शिक्षक,जनप्रतिनिधिहरु र राजनीतिकहरुको शुभकामना मन्तव्य राखेका थिए ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लको स्वागत मन्तव्य प्रमुख प्र शासकीय अधिकृत नृपराज उपाध्यायको सञ्चालन कार्यक्रम समपन्न भएको खजुरा गाउँपालिका प्रमुखको सचिवालयका प्रमुख प्रदिप विकले जानकारी दिनुभयो ।

Nabintech