४ बैशाख २०८१, मंगलवार
अस्पतालमै  आत्महत्या


बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी छन् । सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षीया किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेटमा अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ ।

डिम्बाशयको क्यान्सर भएर असोज ६ गते ती किशोरी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन् । र असार महिनादेखि फलोअपमा अस्पताल आइरहेकी थिइन् ।

बिरामी परेपछि उनकी आमा पनि अस्पतालमा उनलाई कुरेर बसिरहेकी थिइन् । आमा खाना खान निस्किएको बेलामा आमासँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा नभेटेपछि अस्पतालको छतमा उनको शव भेटिएको थियो ।

‘फलोअपमा आइरहनुभएको थियो अवस्था जटिल भएपछि असोजबाट भर्ना हुनुभएको हो, अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यले भने, अवस्था त सामान्य थिएन । तर किमो चढाइरहेको थियो ।’ मानसिक रुपमा आफूलाई कमजोर बनाएर बिरामीले नै यस्तो निर्णय लिएपछि आफूहरू दुखी बनेको डा। आचार्यले बताए ।

अस्पताल प्रशासनका अनुसार ती किशोरीलाई क्यान्सरको चौथो स्टेज भइसकेको थियो । र उपचारमा अहिलेसम्म परिवारको १३ लाख रुपैयाँ खर्च भइसकेको थियो । मृतकका बावु रोजगारीको क्रममा भारतमा छन् । उनी कान्छी आमाको साथमा बस्दै आएकी थिइन् ।

 

Nabintech