११ बैशाख २०८१, मंगलवार
लुम्बिनी प्रदेशमा माओवादी र जसपाबीच पार्टी एकीकरण


बुटवल /नेकपा (माओवादी कन्द्र) लुम्विनी प्रदेश कमिटि र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच पार्टी एकीकरण भएको छ ।
सोमबार बुटवलमा दुबै पार्टी कमिटिले संयुक्त कार्यक्रम गररे पार्टी एकीकरण गरेका हुन् । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्य सचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरु टोपबहादुर कार्की, गीता यादव लगायत १८ जना प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्तालाई माओवदी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (वलदेव) ले स्वागत गरे ।
नेता कार्यकर्तालाई स्वागत गर्दै नेता वलदेवले कम्युनिष्ट पार्टीहरु जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने उल्लेख गरे । माओवादीले पार्टी सदस्य संख्या बढाउँदै गएको उनले बताए । विसाल कम्युनिष्ट पार्टी बनाउन माओवादीले नेतृत्वदायी भूमिका खेलिरहेको उनले बताए ।
मओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती (बसन्त), जसपाका अतिउल्लाह खां, यज्ञ पोखरेल लगायतले घारणा राख्दै अब प्रगतिशील बिचार बोक्ने पार्टीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

Nabintech