१५ चैत्र २०८०, बिहीबार
आत्मसुरक्षाका लागि छात्रालाई निःशुल्क कराँते तालिम 


सल्यानी बागमा छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि १ महिने निःशुल्क कराँते तालिम एक प्रदान गरिने भएको छ । तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको घटनालाई रोक्न मद्दत साथैस्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि सहयोग पु¥याउने बताए।


पुनका अनुसार ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो’ पुनकोे भनाइ थियो । तालिम मार्फत बच्चाहरुलाई आत्मरक्षागर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटुन्, बच्चाहरुलाई आक्रमण गर्न नसकुन् भनेर वडाले सर्पोट गरेको हो’ उनले थपे।निःशुल्क तालिममा झण्डै ३० जना सहभागीता रहेको छ।

नेपालगंजको कन्या माध्यमिक विद्यालयसल्यानी बाग र गौस्या मावि विद्यार्थीलाई लक्षित गरि निःशुल्क तालिम सुरु गरिएको छ । सरकारी स्कुललाई लक्षित तालिम सुरु गरिएको हो ।तालिममा सहभागी कन्या माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत माहिरा हलुवाईले किशोरी तालिम पश्चात आफुहरुमा आत्मबल बढ्ने निःशुल्क रुपमा सिक्न पाउँदा खुशी लागेको छ आत्मरक्षा गर्ने सिप प्रदान गर्नेमा आशावादी छु । तालिम लिएपछि आफैलाई फाइदा हुने बताइन्।

यस्तो निःशुल्क रुपमा सिक्न पाउँले अवसोर दिने वडा नम्बर ४का वडा अध्यक्ष लाई धन्यवाद तथा आभारपर्कट गर्दोैछु हलुवाइको भनाइ रहेको थियो । छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि१ महिने निःशुल्क कराँते तालिम उद्घाटन कार्यक्रम वडा अध्यक्ष गोपाल पुन , अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाई, प्रशिक्षक सकिल राई,प्रशिक्षक साना राई लगाएतको उपस्थिति रहेको थियो ।

Nabintech