७ बैशाख २०८१, शुक्रबार
चोरी  तथा लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी अन्तक्रिया


बाँकेको कोहलपुरमा चोरी नियन्त्रण तथा लागुऔषध दुव्र्यसनी नियन्त्रण  सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ । ‘समुदाय प्रहरी सझेदारी कार्यक्रम’ अन्तर्गत चोरी नियन्त्रण तथा लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो । आइतबार कोहलपुर नगरपालिका वडा नं. ८ र ९ को आयोजनामा कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लको प्रमुख अतिथिमा चोरी नियन्त्रण तथा लागुऔषध दुव्र्यसनी सम्बन्धी अन्तक्रिया कार्यक्रम भएको हो ।

पछिल्लो समयमा चोरी र लुटपाटका घटनाहरु तिव्र रुपमा बढ्न थालेपछि प्रत्येक वडाहरुमा नेपाल प्रहरीले वडाका जनप्रतिनिधि तथा टोल कमिटिहरुलाई न्यूनिकरण अभियानमा अभिप्रेरित गर्नका लागि अन्तक्रिया कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताए ।

केही दिनयता कोहलपुरमा तिव्र रुपमा चोरीका घटनाहरु बढिरहेका छन् उनले भने त्यसको न्यूनिकरण गर्नका लागि अभियान सहितका अन्तक्रियाका कार्यक्रम गरिरहेका छौं । लागुऔषध न्यूनिकरण गर्नका लागि अभिभावक नै पहिलो जिम्मेवार रहेको उनको भनाई थियो ।

यस्तै वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले छिमेकीको घरमा लागूऔषध प्रयोग गरिरहेका छन् भने भोलीका दिनहरुमा पनि आफ्नो आगनमा आउँछ भन्ने बुझेर यसलाई न्यूनिकरणका लागि सबै जुट्नुपर्ने बताए ।

यस्तै वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले चोरी नियन्त्रण तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्नका लागि साथ सहयोग हुने बताए । त्यसलाई न्यूनिकरण गर्नका लागि के कस्तो सहयोग आवश्यक पर्ने हो त्यसको सहयोग गर्न तयार रहेको योगीले बताए ।

कोहलपुरका ७, ८, ९, १४ र १५ वडाका जनप्रतिनिधि, पाँच वटै वडाका टोल सुधार समिति र युवा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Nabintech