१३ बैशाख २०८१, बिहीबार
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः लुम्बिनी प्रदेशका छनोट खेलहरु नेपालगन्जमा सुरु


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २०७९का लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले विभिन्न छनोट खेलहरु नेपालगन्जमा शनिबार देखि सुरु भएका छन् । बाँके जिल्लामा विभिन्न १० विधाका छनोट खेल हुन थालेका छन् । जस मध्य बक्सिङ, भारोत्तोलन र बास्केट बलका खेल शनिबार देखि शुरु भएका छन् ।
भारोत्तोलन खेलको उद्घाटन् गदै लुम्बिनी प्रदेशका वन मन्त्री तथा ओलम्पियन सुरेन्द्र हमालले लामो कोरोनाको महामारीका कारण खेलकुदलाई पनि नराम्रो असर परेको वताए ।खेलक्षेत्र भनेको निरन्तरता चाहिने क्षेत्र भएकाले खेलाडीहरुले खेलको लागी निरन्तरता अति आवश्यक भएको हमालले वताए । यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले प्रदेशले छोटो समयमा विभिन्न विधाका खेलहरुको छनोट कार्य गरिरहेको वताए र उनले भने नेपालगन्ज प्रदेशकै खेलकुदको उर्वर भुमीको रुपमा रहेको हुदाँ यस क्षेत्रमा केहि छनोट प्रतियोति गर्न लागेको समेत वताए ।

यस्तै प्रतियोगिताको उद्घाटन सत्रको सभापतित्व लुम्बिनी प्रदेश परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई,प्रमुख अतिथि लुम्बिनी प्रदेश वन तथा भुसंरक्षण मन्त्री हमाल ,विशिष्ट अतिथिमा भारोलोनका महासचिव तिलक रावत ,अतिथि लुम्बिनी प्रदेश परिषदका सदस्य नरेन्द्र थापा,हरिश ओली,नरेश शर्मा,जिल्ला खेलकुद विकास समितिका संदिप जंग शाह,उपाध्यक्ष चेककान्त भट्टराई, कोषाध्यष विरेन्द्र बहादुर शाह,मध्यपश्चिम खेलकुद विकास समिति कार्यालय प्रमुख महेश चन्द,लेखा प्रमुख मिन बहादुर विसी,जिल्ला खेलकुद विकास समितिका कार्यालय बाँके प्रमुख सन्तोष श्रेष्ठ,जिल्ला खेलकुदविकास समिति बर्दिया अध्यक्ष फुलाराम थारु,खेलकुद विकास समिति दाङका सदस्य सन्तोष विसी लगायतको उपस्थिति रहेको थियो ।भारोत्तोलनमा बाँके ,बर्दिया र दाङका ३२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । भने बास्केटवलमा बाँके ,दाङ, र रुपन्देही सहितका तिन सुमह रहेका छन् ।यस्तै आईतबार बक्सिङ, भारोत्तोलन एवम् १० र ११ असोजमा जुडो, सुटिङ, हक्की महिला, पुरुष तथा साइक्लिङ प्रतियोगिता हुने उनले बताए ।

उनले १० असोजमा पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती तथा उसु छनोट प्रतियोगिता हुने जानकारी दिए । १४ असोजमा रोल्पामा आइटिएफ तेक्वान्दो प्रतियोगितासँगै छनोट प्रतियोगिता समापन गर्ने तालिका सार्वजनिक गरेको लुम्बिनी खेलकुद परिषदले ११ र १२ असोजमा बर्दियाको तारातालमा सेपाताक्रा र सोही दिन बर्दियाको भुरीगाउँमा महिला–पुरुष खो–खो तथा बर्दियाको गुलरियामा रब्बी प्रतियोगिता हुने भएको छ ।

Nabintech