७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा चोरीको विगविगी ,चोरी नियन्त्रण गर्न कोहलपुर प्रहरी असफल


कोहलपुर नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु वृद्धि हुँदै गइरहेको छ । आउँदै गरेको नेपालीहरुको महान पर्व दशै, तिहार नजिकिँदै गर्दा कोहलपुर नगरपालिकामा विभिन्न वडाहरुमा चोरीका घटनाहरु विगविगी भइरहेका छन् । शनिबार कोहलपुर नगरपालिकामा बजार अनुगमन, सरसफाई र चोरीका घटनाको विषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले चोरी र लुटपाटको घटनामा प्रहरीको उदासिन्ता रहेको बताएका थिए ।

यस्तै छलफल कार्यक्रममा नेपाली काँग्रेसका कोहलपुर नगरपालिका ११ का सभापति मोहन चापागाईले चोरीका घटनाहरुलाई कम गर्नका लागि राखिएको प्रहरीले तालमेल मिलाउन ठिक्क भएकै कारणले चोरीका घटना बढेको आरोप लगाएका थिए । चापागाँईले इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्ललाई प्रश्न गर्दै भने घुमुवा किन राखेको ?, के को लागि राखेको ? के कोहलपुरमा घुमुवा पैसा उठाउनका लागि राखेको हो ? खरो प्रश्न गरे । अहिले कोहलपुरमा दिनप्रतिदिनमा हातहतियार देखाउँदै लुटपाटका घटनाहरु भइरहेको बेलामा कोहलपुर प्रहरी सुतिरहेको जस्ता आरोप लगाएका थिए ।

उनका अनुसार भखरै कोहलपुर नगरपालिकाको ११ मा जुन मेन बजार रहेको नभ प्रभात घडी तथा मोवाइल पसलमा चोरी भयो । ‘असोज ५ गते कोहलपुर नगरपालिका वडा नं। ८ मा विरेन्द्र शाहीको घरमा १० तोेला सुन सहित २ लाख ५० हजार रुपैया लुटपाट भयो ।’ ‘फेरी हिजो मात्रै कोहलपुर नगरपालिका २ का २ घरमा १० हजार नगद सहित मोवाइल समेत चोरी भयो ।’ उनले भने । यि त प्रतिनिधि मुलक घटना मात्र हुन् ।

यस्तै कोहलपुर नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर रानाले आफ्नै वडामा हातहतियार देखाएर १० तोला सुन र २ लाख ५० हजार बढि रकम लुटपाट भएको घटनाले कोहलपुर अहिले त्रसित भइरहेको बताए । अहिले प्रहरीले चोरहरूलाई पक्राउ नगर्ने र पैसा उठाउन मात्र काम गर्छ भन्ने स्थानीयहरुको शंका नराख्न समेत अनुरोध गरेका थिए ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले चोरीका घटनालाई न्यूनिकरण गर्नका लागि सबैको साथ सहयोग हुने बताएका थिए । ‘केही दिनदेखि कोहलपुरमा चोरीका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन्, उनले भने ‘त्यसलाई न्यूनिकरण गर्नका लागि के कस्तो सहयोग आवश्यक पर्ने हो त्यसको सहयोग गर्न तयार छौं,।

यस्तै कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहीले चोरीका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्ने हो त्यसको लागि रहेको बताए ।

यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादु मल्लले तीन देखि चोरीका घटनाहरु बढिरहेको बताएका थिए । ‘अहिले कोहलपुरमा रहेका प्रहरीहरु दैनिक ४ घण्टा मात्र सुत्ने गरी प्रत्येक प्रहरीले डिउटी गरिरहेको छ’ उनले भने, ‘प्रहरीले दैनिक कति काम गरिरहेको भनेर कार्यालयमा आएर हेर्नुहोला बाहिरबाट भनेर केही हुँदैन ।’ अहिले चोरीका घटनाहरु घटिरहेको बेलामा त्यसलाई न्यूनिकरण गर्नका लागि सबैको सहयोगको आवश्यक परेको प्रहरी प्रमुख डिएसपी मल्ले बताए ।

सो छलफल कार्यक्रमका कोहलपुर नगरपालिका १० का अध्यक्ष गौरा कुमारी भट्टराई, १ का अध्यक्ष बद्रिनाथ जैशी,नेपाली काँग्रेसका नगर सचिव बल कुमार शर्मा, नेकपा (माओवादी केन्द्र) का कोहलपुरका कार्यवाहका अध्यक्ष बल बहादुर खड्का अबिरल , होटल व्यवसायी संघका अध्यक्ष मोहन रिजाल, लगायत अन्य राजनितिक दलका प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो ।

चोरी नियन्त्रण गर्न कोहलपुर प्रहरी असफल

कोहलपुर नगरपालिकामा ३ दिनदेखि चोरी र लुटपाटका घटनाहरु बढिरहेका छन् । कोहलपुरका अधिकांश वडामा चोरीका घटनाहरु भइरहेको स्थानीयहरुले बताएका छन् । असोज महिनाको ५ गतेदेखि यता कोहलपुरमा चोरी र लुटपाटका घटनाहरु बढिरहेकोल कोहलपुर प्रहरी असफल भएको देखिन्छ । कोहलपुरका स्थानीयहरुले इप्रका कोहलपुरमा उजुरी समेत दिइसकेका छन् ।

कोहलपुर नगरपालिका वडा नं। ५ का स्थानीय रतन चन्दको केही दिन अगाडि मात्रै मोटरसाइकल सहित नगद रकम चोरी भएको थियो उनले प्रहरीमा उजुरी गरेका थिए ।

यस्तै वडा नं। ८ को विरेन्द्र शाहीको घरमा त झन हातहतियार सहित लुटपाट नै भयो । तर प्रहरीले अहिलेसम्म घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ समेत गर्न सकेको छैन । यस्तै गएराती कोहलपुर ११ मेन बजारमा एक मोवाइल पसल र कोहलपुर वडा नं। २ मा समेत नगद १० हजार चोरी भयो । चोरी र लुटपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न नसकेको भन्दै स्थानिय, सर्वसाधारण र व्यवसायिहरू प्रहरीप्रति आक्रोश बड्दै गएको पाइएको छ ।

Nabintech