१६ चैत्र २०८०, शुक्रबार
राष्ट्र बैंकको मुलगेटमा उद्योगी ब्यवसायीको धर्ना


नेपालगन्ज / नेपालगन्जका उद्योगी, ब्यवसायीले नेपाल राष्ट्र बैंकमा धर्ना दिएका छन् । चर्को ब्याजदर विरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा उनीहरुले धर्ना दिएका हुन् । शुक्रबार बिहान १० बजे करिव एक घण्टा धर्ना दिए ।

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मर्कामा परेको भन्दै यहाँका उद्योगी, ब्यवसायी आन्दोलित भएका छन् । यही असोज १ गतेदेखि लागु हुने गरि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने भन्दै संघले बिहीबार मात्र आन्दोलन घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंक नेपालगन्जको मुलगेटमा धर्नामा बसेका उद्योगी, ब्यवसायीले ब्यानर तथा विभिन्न प्ले कार्ड बोकेका थिए । धर्नामा बसेका संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ऋण लिएका ब्यवसायीको अवस्था दयनीय बनेको बताए । उनले भने, ‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ ।’

यस्तै संघका महासचिव चिरञ्जिवी ओलीले चर्को ब्याज तिर्नुपर्दा उद्योग, ब्यवसाय माथी उठ्न नसक्ने बताए । बैंकको चर्को ब्याजका कारण बजारमा महंगी बढेको उनको तर्क छ । धर्नामा सहभागी राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डा। धवलसम्शेर राणाले नेपाललाई कंगाल हुने स्थिती राष्ट्र बैक र सरकारले गरिरहेको आरोप लगाए ।

उनले भने, ‘ब्यापारीहरु देशभर आन्दोलित भएका छन्, ब्यापारीको आन्दोलनलाई राप्रपाले पूर्ण रुपले सहयोग गर्ने निर्णय गरको छौं,’ उनले भने । आन्दोलन अन्तरगत शनिबार ९भोली० बिहान ८ बजे जमुनाहा नाकामा पनि उपभोक्ता सचेतना एवम् दवाव मुलक कार्यक्रम गरिने भएको छ ।

Nabintech