१३ बैशाख २०८१, बिहीबार
सल्यानका २ नेता एउटै स्टाटस लेख्दै एमाले छोडे


माओवादी जनयुद्धबाट स्थापीत भई पार्टी एकता सहित एमालेमा रहेका २ नेताले पार्टी छाडेको बताएका छन ।
नेता नेव बहादुर कवर र तिलक मल्लले फेसबुकमा उस्तै शब्द भएको स्टाटस लेखेर एमाले छाडेको घोषणा गरेका हुन ।
एमाले र माओवादी एकता पछि भनेको नेकपामा एक भएका उनिहरु एमालेमा जोडिएका थिए । एमालेमा माओवादी पृष्ठभुमिका नेता राम बहादुर थापा बादलको नजिक मानिने दुवैजनाले एमाले भित्रको निषेधका कारण पार्टी छाडेको बताएका छन ।
एमालेलाई नेकपाको निरन्तता सोचेर विभिन्न बहस गरिएको जनाएका उनिहरुले ति सबै बहसको औचित्य समाप्त भएको स्टाटसमा लेखेका छन ।
नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक समेत भैसकेका नेव बहादुर कवर जनमुुक्ति सेनाका पुर्व डिभिजन सहायक कमाण्डर हुने भने गत स्थानीय निर्वाचनमा बागचौरबाट मेयरमा लडेका तिलक मल्ल पनि जनयुद्धकालमा नै माओवादीको जिल्ला सेक्रेटरी भएर काम गरिसकेका पुराना नेता हुन ।
माओवादी पृष्ठभुमि भएका कवर र मल्लको माओवादी नेता र कार्यकर्तासंगको सम्बन्धका कारण माओवादी केन्द्रमा रहने आँकलन गरिएको छ ।
दुवैले एउटै स्टाटस लेखेर पार्टी छाडेको घोषणा गरेपछि हामीले सोधेको प्रश्नमा उनिहरुले आम मान्छे र माओवादी कार्यकर्ताले सोचेको जस्तै जनयुद्धको मुल्य मान्यता स्थापीत हुने स्थानमा आवद्ध हुने बताएका छन ।
उनिहरुले अन्य केहि प्रदेश कमिटी सदस्य सहित माओवादी केन्द्रमा आवद्ध हुनुपर्ने भएकाले छलफल चलिरहेको पनि जानकारी दिए ।

उनिहरु दुुवैको स्टाटस यस्तो छः

दृढ उद्देश्य सहित नेकपा को निरन्तरता नै सोचेर एमालेमा जोडिएको हो।आजको एमाले नेकपाको निरन्तरता हैन निषेधको रुपमा प्रस्ट भयो। ठिक यतिवेला कल्पनै नगरेको समस्यालाई छिचोल्दै अगाडि बढनुपर्ने ठाउमा खडा भएको कुरा प्रस्ट छ।सहकार्यमा हुदा भएका बहस छलफल आशा अपेक्षा र एकताबद्ध हुने प्रयाश थिए। ति तमाम बिषयको आजका मितिबाट औचित्य समाप्त भएको छ। नजिक सम्झेर आशा र अपेक्षा गर्ने शुभेच्छुकहरुकालागी जुन फिल्डबाट भएनी पूरा गरिने छ।यो क्षणमा थुप्रै बिषयहरुको सामना गर्नै पर्नेहोला त्यसको लागि तयार हुनेनै छु।अन्तमा आजका मिति सम्म प्राप्त नेकपा (एमाले) का सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराउद छु।।

 

Nabintech