१४ बैशाख २०८१, शुक्रबार
धुब्र विक्रम चन्द : कुशल संगठक देखि ग्रामिण क्षेत्रका शैक्षिक अभियान्ता सम्म

माओवादी केन्द्रका तर्फबाट बाँके १ क बाट प्रदेश सभा सदस्यको उम्मेदवरमा सिफारिस



राप्ती सोनारी गाउँपालिका लगायत बाँके जिल्ला भरी नचिन्ने सायद कमै होलान धुब्र विक्रम चन्दलाई , कसैले सक्षम व्यवस्थापकको रुपमा चिने त कसैले शैक्षिक अभियान्ताको रुपमा त कसैले कुशल राजनीतिज्ञको रुपमा ।

यति बेला आसन्न संघ र प्रदेशको निर्वाचन मध्ये नेकपा माओवादी केन्द्रको तर्फबाट बाँके क्षेत्र न। १ प्रदेश ख बाट प्रदेश सभा सदस्यका लागी नाम सिफारिस भएर सम्भावित व्यक्ति पनि हुन चन्द ।

२०३७ सालमा ढाकादाम गा.वि.स. वडा न. ८ सल्यानमा जन्मिएका चन्द सानै देखि क्रान्तिकारी स्वभावका थिए । त्यसैले होला २०५१ सालमा जन ज्योती मा।वि फारुल्ला चौरको विद्यार्थी संगठनको इकाई अध्यक्ष भए । २०५२ सालमा नेकपा माओवादीको पार्टी सदस्यता लिएर साथ दिएका थिए । पार्टी सदस्यता लिने वित्तिकै अर्ध भूमिगत बनेका चन्द २०५३ साल तिर माओवादी सेनाको शैन्य तालिम समेत लिएका थिए चन्दले । १० बर्षिय लामो सशस्त्र युद्धमा अर्ध भूमिगत भएर सघाईरहेका चन्द यता पढाईलाई पनि संगसंगै लगेका थिए ।

उनी युद्धकालमै राप्ती बबई क्याम्पस दाङ बाट स्नातक पनि गरे । १९ दिने जनआन्दोेलनमा निकै ठुलो अगुवाई गरेका चन्द २०६२ /०६३ को आन्दोलन पछि शैक्षिक अभियान्ताको रुपमा काम गर्न थाले । उनी शैक्षिक अभियान संगै नेकपा माओवादीको २०६६ सालमा बाँके जिल्ला सदस्य समेत भए । अभियानको क्रममा बाँके झरेका चन्द २०६४ सालमा भुवर भवानी बोर्डिङ स्कुल संचालनमा ल्याए अहिले पनि उक्त स्कुल संचालनमै छ ।

क्रमश उनी विद्यालय नभएको स्थानमा त्यहाँका बाल बालिका शिक्षा बाट बन्चित नहोउन भन्ने उद्देश्यले राप्ती सोनारी ४ माहुँमा जन भावना प्रा.वि स्कुलको स्थापना ठुलो सहयोग गरे । संगै क्रमश उनी शैक्षिक अभियान अन्तरगत राप्ती सोनारी ३ नारायणपुरमा जन ज्योती विद्यालयको संस्थापक प्र।अ बनेर शैक्षिक क्षेत्रलाई निरन्तर अगाडी बढाउने काम गरे । अहिले आएर नेकपा माओवादी केन्द्र राप्ती सोनारी गाउँ कमिटिको बरिष्ठ उपाध्यक्ष रहेका छन् । निकै प्रष्ट बिचार र सहयोगी बिचार धाराका धुब्र विक्रम चन्द यति बेला यहाँका जनताले खोजेको र रोजेको नेताको रुपमा गनिन्छन् ।

पार्टीले प्रदेश सदस्यको लागी सिफारिस गरेकोले जनताको सेवामा लाग्ने बताउछन् । अहिले पनि यस क्षेत्रमा धेरै कुराको विकास गर्न बाँकी रहेकोले आफु निर्वाचित भएपछि निरन्तर विकास र समृद्धिमा लाग्ने उल्लेख गरेका छन् ।

Nabintech