७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा बन्दुक देखाएर लुटपाट


कोहलपुर/कोहलपुर नगरपालिकामा बन्दुक देखाएर लुटपाट भएको छ ।

गएराती करिब १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं। ८ विरेन्द्रजंङ्ग शाहीको घरमा बन्दुक देखाएर १० तोला सुन सहित साढे २ लाख बढि लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राती प्रहरी र आफन्तलाई फोन गर्ने खोज्दा मोवाइल पनि लुटे । त्यसपछि बाहिरबाट चुक्कुल लगाइदिए । तर बिहान मर्निङ्ग वाक गर्ने व्यक्तिले चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिएको  बताए ।

राती करिब १२ बजेतिर एक्कासी १०/११ जनाको समूहले बन्दुक देखाएर लुटेको शाहीले प्रहरीसंग बताएका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ल अहिले शाहीको घरमा पुगेका छन् । अनुसन्धान सुरु भइरहेको उनले जानकारी दिएका छन् ।

 

Nabintech