१२ बैशाख २०८१, बुधबार
नरेन्द्र पाण्डे (जेम्स) : बिग्रेड कमाण्डरदेखी प्रदेश सभा सदस्य उम्मेदवारसम्म


कोहलपुर नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जनयुद्धका कुशल कमाण्डर नरेन्द्र पाण्डे (जेम्स) आसन्न निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं ३ को प्रदेश (क) बाट प्रत्यक्ष तर्फ उम्मेदवारमा सिफारिस भएका छन ।

बाँकेमा स्थापित नेताको छबि बनाएका उनि विद्यार्थीकालदेखी नै माओवादी आन्दोलनमा सहभागी भएका हुन । देशको व्यवस्था बदल्न, अवस्था बदल्न, गरिबी, भोकमरी, बुर्जुवा शिक्षाको अन्त्य, लैङ्गिक समानता, जातीय विभेद अन्त्य गरी गाउँगाउँमा सिंहदरबार पुर्याउने विषयलाई मुख्य मुद्धा बनाएर १० वर्षे जनयुद्धमा होमीएका जेम्स शान्तीप्रक्रियापछि सार्वजनिक रुपमै राजनितिकमा सक्रिय हुँदै आएका छन । जनयुद्धमा बिग्रेड कमाण्डरको भुमिका कुशलतापूर्वक निर्वाह गर्ने क्रममा उनले लडाईका बिभिन्न मोर्चाको नेतृत्व गरेका थिए ।

१० वर्षे जनयुद्धका ती कठिन क्षणहरु, कैयौं रात ननिदाएका आँखा, पानी समेत खाना नपाएका ती संघर्षका दिनहरु, कैयौं छाक भोकै रहेको पेट, दौड्दा दौड्दा कोरीएका थिच्चिएका खुट्टा, अब के पो हुने हो रु भन्ने मनमा सन्त्रास, जङ्गलको बास, सरकार पक्षबाट आकासमा उड्ने विमानले धर्तिमा क्रान्तिका लागि निरन्तर खटिरहेका क्रान्तिकारीको टाउकामा बर्साइएका गोलीको आवाजले उनलाई अझै झस्काईरहन्छ । बिगतलाई उर्जाको स्रोतका रुपमा लिएर जनताका हरेक समस्यालाई नजिकबाट नियालेका जेम्स युवाहरुले निति निर्माणको तहमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भन्दै यस पटकको निर्वाचनमा होमिने तयारीमा छन ।

बाँके निर्वाचन क्षेत्र नं. ३ मा लामो समय देखी बिकास निर्माण र जनताका समस्यसँग नजिकै हुदै जनतासँग एकाकार भएर काम गरेका र यस क्षेत्रको भूगोल राम्रोसँग बुझेका जेम्स पछिल्लो समय सिंहदरबारलाई समेत नजिकबाट नियाल्ने अवसर पाएको बताउँछन । कर्मचारीतन्त्र, संघ(प्रदेश र स्थानिय तहका सरकारसँग जोडिएर काम गरेको अनुभवले आगामी दिनमा थप काम गर्ने सक्ने आधार निर्माण गरेको बताउँदै बिकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो मुल एजेण्डा रहेको उनी बताउँछन ।

यस पटक पार्टीले टिकट दिए आफ्ना एजेण्डा पुरा गर्न सकिने उनको बुझाई छ । प्रशासनिक, राजनितिक अबस्थाबारे जानकार भएका जेम्स पार्टीको नेतृत्वतहमा रहेर समेत काम गरीसकेका नेता हुन । अहिले नेकपा (माअ‍ोवादी केन्द्र) संघिय निर्वाचन क्षेत्र नं. ३ का संयोजक समेत रहेका उनले बि.स. २०७४ सालको निर्बाचनमा बाम गठबन्धनलाई जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

Nabintech