१३ बैशाख २०८१, बिहीबार
अम्मर बहादुर खड्का : बघौडा क्षेत्रमा बिद्युतीकरणको सुरुवातकर्ता

जनप्रिय नेता खड्का बाँकेको २ स्थानबाट प्रदेश सभा सदस्यमा सिफारिस



अम्मर बहादुर खड्का जिल्लाको राप्ती सोनारी, नरैनापुर र डुडुवा क्षेत्रमा पहिचान बनाएको नाम हो । हाल माओवादी केन्द्रको लुम्बिनी प्रदेस समिती सदस्य रहेका खड्का राजनितीमा मात्रै नभई सामाजिक कार्यमा पनि उत्तिकै क्रियासील छन । हाल माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यकालागी बाँके क्षेत्र नं १ क को प्रदेशसभा र क्षेत्र नं २ क दुई क्षेत्रबाट सिफारिस भएका छन । २ स्थान बाट सिफारिस भएका नेता कार्यक्रता बिच लोकप्रिय छन ।

जिल्लाको बिकट राप्ती सोनारी, नरैनापुर क्षेत्रमा बिद्युतीकरणकालागी पहल गर्नेदेखि सो क्षेत्रमा रहेको राप्ती नदि डुवान तथा कटानमा परेका जनतालाई सहयोग गर्न उनि सधै लागी रहे । सो क्षेत्रमा बिद्युतिकरणकालागी खड्काको पहलमा राप्तीसोनारी ग्रामिण सामुदायीक बिद्युतीकरण समिती गठन गरियोे । त्यसको संरक्षक भएर समितीका कामलाई उनले अगाडी बढाए । २०६५ सालमा समुदाय स्तर बाट ४ करोड २२ लाख रकम जम्मा पारेर ३३ केभि लाईन बिस्तारका लागी टेष्डर समेत भएको थियो । २०६६ सालमा नै बैजापुर र नरैनापुर क्षेत्रमा लोकल लाईन बिस्तारका लागी टेष्डर गरिएको थियो ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण सो योजनाले समयमै जनतालाई बिद्युत सेवा दिन नसकेपनि सोही संस्थाको जग र माओवादी केन्द्रको पहलमा सो योजनाले पुर्णता पायो ।
माओवादी केन्द्रका तर्फबाट उर्जा मन्त्री बनेका बर्षमान पुनको र सो क्षेत्रमा माओवादी बाट संघिय सांसद तथा हालका युवा तथा खेलकुद मन्त्री  महेश्वर गहतराज अथकको पहलमा सो बिद्युतीकरणको कामले पुर्णता पायो । खड्काले सुरु गरेको योजना पुर्णता पएसंगै हाल राप्ती सोनारी र नरैनापुर क्षेत्रका अधिकाँस वडाहरुमा बिद्युतीकरणको काम सम्पन्न भएको छ ।


बिद्युत मात्रै नभएर खड्का शिक्षा क्षेत्रको बिकासका लागी पनि उत्तिकै क्रियासिल भएर लागी परे । उनी जन सिदेस्वर उच्च माबिको अभिभावक संघको अध्यक्ष भएर सो बिद्यालय र शिक्षा क्षेत्रको बिकासका लागी लागी परे । त्यसबाहेक अपाङता संघ, नेपाल भारत मैत्री संघ लगायतका संघ सस्थाको नेतृत्वदायी भुमिकामा रहेर सामाजिक र मानविय सेवामा लागी रहेका छन् । खड्का राप्तीसोनारी क्षेत्रका युवाहरु माझ निकै लोकप्रिय पात्र हुन । युवालाई पर्ने हरेक समस्या र बिकासका कामलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका कारण आफु युवा माझ लोकप्रिय रहेको उनको भनाई छ ।


नेपाली काँग्रेस बाट राजिनैतिक जिवन सुरु गरेता पनि परिर्वतलाई पच्छाउदै उनि २०७४ सालमा माओवादी केन्द्रमा प्रबेश गरेका थिए । तत्कालिन समयमा नेपाली काग्रेसको महाअधिबेशन प्रतिनिधी भएपनि परिर्वतनका एजेष्डा बोक्ने र उत्पीडित उपेक्षित बर्ग क्षेत्रको लागी काम गर्ने परिर्वतनको संम्वाहक माओवादी पार्टीमा समाहित भएको उनको भनाई छ । माओवादी केन्द्रमा समाहित भएलगत्तै उनलाई २०७४ सालको प्रदेश तथा संघको निर्वाचनमा बाँके १ क बाट प्रदेशसभा सदस्यका लागी एकल सिफारीस भएको थियो ।
एकल नाम सिफारिस भएपनि संघ तर्फ सिफारिस भएकी कृष्णा केसी नमुनालाई नै पार्टीले प्रदेशसभातर्फ टिकट दिएपछि खड्का उम्मेदवार बन्नबाट बंचित भएका थिए । उम्मेदवार बन्न नपाएपनि उनले उम्मेदवर बनेकी कृष्णा केसी नमुनालाई बिजयी गराउन रात दिन लागी रहे ।
पार्टीले टिकट दिएमा आफु लोकप्रिय मतका साथ बिजयी हुने खड्काको भनाई छ ।

Nabintech