१३ बैशाख २०८१, बिहीबार
निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि रिसाए हर्क साम्पाङ

‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो



धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन आयोगमाथि खनिएका छन् । निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि सामाम्पाङ आक्रोशित बनेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गरेका छन् । उनले साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु भएको टिप्पणी समेत गरेका छन् ।

उनले भनेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो । मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’ निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारलाई पदअनुसारको जरिवाना गरेको छ । त्यस्तो जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने आयोगको भनाइ छ ।

Nabintech