१३ बैशाख २०८१, बिहीबार
सुर्य प्रकाश घर्ती मगर : सहिद परिवार , बिधार्थी नेता र कुसल संगठक

बाँके १ क बाट प्रदेश सभा सदस्यमा सिफारिस



नेपालमा बि.स.२०५२ फाल्गुन २ गते जनयुद्ध को शंखघोष भयो । जनयुद्धको शंखघोष संगै भुमिगत भएका सहिद महेन्द्र बहादुर घर्ती मगरका जेष्ठ छोरा हुन सहिद पुत्र सुर्य प्रकाश घर्ती मगर । बि.स.२०५५ साल कार्तिक ७ गते भाईटिकाको दिन तत्कालीन प्रहरी द्धारा बुवा महेन्द्र बहादुर घर्ती मगरलाई घेरा हाली निर्ममतापुर्वक हत्या गर्दा सुर्य प्रकाश घर्ती जम्मा ९ बर्षका थिए ।

राप्ती सोनारी ६ का स्थायी बासिन्धा निवासी सुर्यप्रकाश घर्ती मगर बि.स. २०५५ साल असोजमा अखिल (क्रान्तिकारी) को बाल सङगठ्नबाट पार्टीमा आबद्ध भएका हुन । दुर्भाग्यवश उनी बाल संगठनमा आबद्ध भएको करिब १ महिनामा बुवाको शाहदत भएको बताउछ्न । उनी त्यतिबेला कक्षा ५ मा पढने गर्थे, बुवाको शाहदत पछि टुहुरो भएपछी निकै दुस्ख संघर्ष गर्दै श्री सिद्देस्वर मा।बि।सिधनहवामा अध्यायन गरेको सम्झिन्छ्न । बुवाको शाहदत भएको १ बर्ष नबित्दै २०५६ असार ८ मा रोल्पा भाबाङ वाङ्मा ११ जना कलाकारको तत्कालीन प्रहरी दवारा सामुहिक हत्यामा काका दिपेन्द्र बहादुर घर्तीको शाहदत भएको घटना संम्झिदा उनी निकै भावुक हुन्छन ।

बर्ग, क्रान्ति र आन्दोलन प्रती ईमान्दरिता पुर्वक माओबादी पार्टीको बिद्यार्थी संगठनबाट राजनिती शुरु गरेका सुर्य घर्ति बाल संगठन, ईकाई समिति, एरिया समिति, जिल्ला समिति, थारुवान राज्य समिति, प्रदेश समिती, केन्द्रिय समिती हुँदै हाल अखिल (क्रान्तिकारी) को केन्द्रिय सचिबको भुमिकामा रहेका छन ।

पार्टीको विभिन्न समयमा भएका विभिन्न तहमा रहि हेटौंडा महाबिधेशनमा ५३ टिम कमान्डर मध्ये १ टिम कमान्डर भएको, पार्टीको जिल्ला समिति, हुँदै अहिले राप्ती सोनारी गाउँपालिकाको सचिबको भुमिका निर्बाह गरिरहेका छ्न । जनयुद्धकालमा पार्टीको अर्बान गुरिल्ला (योद्धा ) का रुपमा पश्चिम नेपालको केन्द्र नेपालगन्जमा विद्यार्थीको रुपमा कुशलपुर्वक कार्यगरेको निकै गर्वका साथ बताउँछन ।

शान्ती प्रक्रिया संगै बि.स.२०६५ सालमा २० बर्षको उमेरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वबियु सचिब निर्बाचित भएका घर्तिले आफू प्रशासनिक, राजनितिक अबस्थाबारे जानकार भएको बताउछ्न । बि.स.२०७४ सालमा बाम गठबन्धन निर्बाचन परिचालन समिती १ क  सचिबको कुशलतापुर्वक भुमिका निर्बाह गरिसकेका घर्ती बाम गठबन्धनबाट १ क  मा प्रत्यक्ष निर्बाचित लुम्बिनी प्रदेश सदस्य माननीय कृष्णा के।सि। नमुनाको स्वकीय सचिबको रुपमा समेत कार्य गरेकोले प्रदेश १ क को भौगोलिक, राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक लगायत बिकासका आधारमा स्पष्ट दृष्टिकोण र मार्गचित्र दवारा राप्ती सोनारी र नरैनापुरलाई बाँकेकै सुगम र तीब्र बिकास गर्ने आफुसङग स्पष्ट कार्ययोजना र क्षमता भएको बताए ।

मानवशास्त्रमा एम.ए. र कानुनमा स्नातक गरेका सुर्यप्रकाश घर्तिले आफुलाई प्रदेश सभा १ क मा प्रदेश सभा सदस्यमा सिफारिस भएका छन । पार्टी र गठबन्धनले टिकट दिएमा आफ्नो जित सुनिस्चत भएको घर्ति बताउछन ।

Nabintech