१५ चैत्र २०८०, बिहीबार
चोलेन्द्रकी छोरी बनेकी सुनिधि नक्कली ठहर, दैलेखकी मिना बनिन् चोलेन्द्रकी नक्कली छोरी


काठमाडौं /आइतबार दिनभरी सामाजिक सञ्जालमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरकी छोरी बनेर भाइरल बनेकी युवती चोलेन्द्रको छोरी नभएको पुष्टि भएको छ । चोलेन्द्रको सरकारी निवासबाट बाहिरिँदै आफुलाई चोलेन्द्रकी छोरी सुनिधि बताएर आफ्नो परिवारलाई नजरबन्द मुक्त गराइदिन हार गुहार गरेकी युवती चोलेन्द्रकी छोरी नभएको न्युज एजेन्सी नेपालले दाबी गरेको छ ।

आफुलाई सुनिधि र चोलेन्द्रको छोरी बताउँदै प्रहरीले आफु र आफ्नो परिवारलाई निवासबाट निस्कन प्रतिबन्ध लगाइएको भन्दै ती युवतीले सञ्चार माध्यममा बोलेकी थिइन् । सो सम्बन्धमा आज न्युज एजेन्सी नेपालले विज्ञप्ति प्रकाशित गर्दै आफ्नो तहकिकातमा ती युवती चोलेन्द्रको छोरी नभएको र सुनिधि नामको चोलेन्द्रको कुनै छोरी नभएको दाबी गरिएको छ । विज्ञप्तिमा चोलेन्द्रले बुझाएको सम्पत्ति विवरणमा परिवारको सदस्यमा सुनिधि नामको कुनै सदस्य नरहेको पाईएको जनाइएको छ ।

चोलेन्द्रले आफ्नो छोरी भनेर प्रयोग गरेकी सुनिधी राणा नभएर दैलेखकि मिना जैसी भएको अधिवक्ता शालिकराम सापकोटाले बताए । सापकोटाले ती युवतीलाई प्रधानन्यायाधीशको निवासमा राखेर प्रयोग गरिएको पनि बताए।

अधिवक्ता सापकोटाले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै लेखेका छन्, ‘नेपालको कानुन बमोजिम यो कुन अपराध हो सरकार रुरुछिट्टै सार्वजनिक गरियोस र न्यायको हिसाबले दैलेखकि छोरी मिना जैसीको उद्दार गरि सार्वजनिक गर्न नेपाल सरकार सङ्ग अपिल गर्दछु।’

खबरकुरा बाट साभार

Nabintech