७ बैशाख २०८१, शुक्रबार
माओवादी केन्द्र नेपालगञ्ज द्धारा संविधान दिवसमा दीप प्रज्ज्वलन


नेपालगञ्ज /नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका कमिटीले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पाटी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ ।
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्र का नगर अध्यक्ष रतन बहादुर शाहिले बताए।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताए ।

निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने फेरी गाउ घर आउन सक्ने उनको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बाँके सचिव डिल्ली बराल , व्यवसायी नेता एंव नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्त टंक धामी लगायतको लागायतको सहभागीता रहेको थियो ।

Nabintech