८ बैशाख २०८१, शनिबार
राप्तीसोनारीमा प्रेस सेन्टरको शाखा कार्यालय उद्घाटन


बाँकेको राप्तीसोनारी गाँउपालिकामा प्रेस सेन्टर नेपालको शाखा कार्यालय स्थापना गरीएको छ । प्रेस सेन्टर नेपाल राप्तीसोनारी कमिटीले आफ्नै कार्यालय संचालनमा ल्याएको हो ।

सोमबार एक कार्यक्रमका बिच प्रेस सेन्टरका लुम्वीनी प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ बाँकेका सह सचिव हेमन्त चौधरीले कार्यालयको उद्घाटन गरेका छन । राप्तीसोनारी ३ नारायणपुरमा स्थापना गरीएको कार्यालयको उद्घाटन गर्दै चौधरीले प्रेस सेन्टरकालागि आफुले निशुल्क रुपमा २ वटा कोठा उपलब्ध गराएको बताए । चौधरीकै घरमा कार्यालय संचालन गरीएको हो ।

प्रेस सेन्टर राप्तीसोनारी शाखाका अध्यक्ष कविन्द्र परियारले संगठनलाई चलायमान गराउन कार्यालय स्थापना गरीएको बताउँदै त्यसकालागि सहयोग गर्ने चौधरी लगाएत सबैप्रति कृतज्ञता समेत ब्यक्त गरेका थिए । उनले प्रेस सेन्टरलाई पालिकाकै सबैभन्दा बलियो संगठनका रुपमा स्थापित गराउने उद्घोष समेत गरे ।

यसैबिच कार्यालय स्थापना पछिको पहिलो बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको प्रेस सेन्टर नेपाल राप्तीसोनारी शाखाका सचिव ईश्वरी के।सी।ले जानकारी दिएका छन ।

Nabintech