१३ बैशाख २०८१, बिहीबार
राजकुमार बिक : बुलेट र ब्यालेट दुबैमा सफल कमाण्डर

बुलेट र व्यालेट दुवैमा सफल कमाण्डर बिक प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस



राज कुमार बिक खजुरा क्षेत्रमा पहिचान बनाएको नाम हो । खासगरि स्थानिय तह निर्वाचन २०७९ मा माओवादी केन्द्र सहित गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन उनले कमाण्डरको भुमिका निभाएका थिए ।
माओवादी केन्द्रका तर्फबाट पालिका प्रमुख पदमा बिजयी गराउनका लागी उल्लेखनिय भुमिका खेलका जनयुद्ध कालका कुशल कमाण्डर राज कुमार बिक मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा प्रदेशसभा सदस्य पदमा सिफारिसमा परेका छन ।


पार्टी भित्र र बाहीर लोकप्रिय रहेका बिकले गठबन्धका तर्फबाट टिकट पाएमा बाँके क्षेत्र नं ३ ख मा सहज जित हुने आम कार्यक्रर्ताको बुझाई छ । हिजो खजुरा गाँउ पालिकामा गठबन्धनलाई पालिका चुनाव जिताउन भुमिका खेलको नेतृत्वका हिसावले सर्व स्वीकार्य नेतृत्व हुने सबैको बुझाई छ ।
समाजमा वर्ग विभेद, अन्याय अत्याचार सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि बिक २०५७ सालमा कम्युनिष्ट पार्टी र माओवादी जनयुद्धमा पुर्णकालिन सदस्य बनेका थिए ।
पार्टी आन्दोलनका क्रममा उनि बिभिन्न फर्मेसनको नेतृत्व गर्दै आएका थिए । हाल उनि नेकपा माओवादी केन्द्रको लुम्बिनी परिषद सदस्य तथा खजुरा गाँउ पालिकाका अध्यक्ष समेत छन ।


खजुर गाँउपालिका वडा नं ४ का स्थानिय वासिन्दा रहेका बिक सामाज सेवा र खेल क्षेत्रमा चासो राख्ने गर्दछन । उनि २०६८ सालमा जिल्ला खेलकुद बिकास समिती बाँकेको अध्यक्ष बनेका थिए ।
४ बर्षे कार्यकालमा उनले बाँके जिल्लामा खेल पुर्वाधारको बिकास, खेलाडी उत्पादनमा उल्लेखनीय काम गरेको खेल क्षेत्रका जानकारहरु बताउँछन् । उनको कार्यकालमा जिल्लाव्यापी रुपमा निजि क्षेत्रको समेत सहकार्यमा पहिलो पटक खेलकुद महोत्सव आयोजना गरेर खेल गतिबिधीलाई तिब्रता दिने प्रयास गरेका थिए ।
४ बर्षसम्म बार्षिक रुपमा आयोजना गरिएको महोत्सवबाट थुप्रै नयाँ प्रतिभाहरुले अवसर पाएका थिए । बार्षिक आयोजना गरिएको महोत्सवका कारण धनगढीमा आयोजना गरिएको सातौ खेलकुद महोत्सवमा बाँकेका खेलाडीहरुले उत्कृष्ट खेल प्रद्धसन गरेको उनि सम्झन्छन ।


जनतासंग जोडीएर काम गर्ने वर्गप्रति ईमान्दार रुपले काम गरेको र खजुरा क्षेत्र माओवादी आन्दोलनको उर्वरभुमि भएकाले पनि आफु उम्मेदवार बनेको खण्डमा सहज जित हुने उनको बुझाई छ ।
स्थानीय सरकार समेत माओवादी नेतृत्वमा भएका कारण बाँके ३ ख बाट आफु प्रदेश सांसद बनेको खण्डमा सो क्षेत्रको समग्र बिकासका लागी योगदान गर्न सकिने उनको बुझाई छ ।


नेकपा (माओवादी), एकिकृत नेकपा (माओवादी), नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पुनः नेकपा माओवादी केन्द्र, पार्टीको मूल नेतृत्वमा रहि निरन्तर पार्ट टाइमर देखि होल टाइमर भई पार्टी क्रान्ति देश र जनताको मुक्तिको यात्रामा अविचल्लीत र अविराम यात्रामा रहेकोले आफु प्रदेशसभा सदस्य पदका लागी उपयुक्त पात्र भएको उनको भनाई छ ।
सफल कमाण्डर राजकुमार बिक


३८ बर्षिय बिक बुलेट र व्यालेट दुवैमा सफल कमाण्डर हुन । हालसम्म स्वयम चुनाव उम्मेदवार नबनेका उनि चुनाबि अभियानको भने सफल कमाण्डर   मानिन्छन् ।
पार्टी र गठबन्धलाई चुनाव जिताउन त लागियो यस पटक आफै मैदानमा भिडने सोच बनाएको छु बिक भन्छन । आफु टिकटको दाबेदार भएपनि पार्टी र गठबन्धको निर्णय मानेर आगाडी बढने उनको भनाई छ ।
दुई दशक बढिको राजनैतिक जिवनमा हालसम्म लाभको पद नलिएका कारण पनि आफु यस पटक चुनावमा होमिने सोच बनाएको र पार्टीले पनि न्याय संगत निर्णय लिनेमा आफु ढुक्क रहेको उनले बताए । कार्यक्रर्ताको माग पनि राजकुमार नै आवोस भन्ने छ र म आउदा खजुराको पुरै पार्टी केन्द्रीत हुने भएकाले आफु आगडी सरेको उनि बताउछन ।

Nabintech