७ बैशाख २०८१, शुक्रबार
अकल बहादुर बम : कुशल संगठक देखी प्रदेश सभा सदस्य उम्मेदवार सम्म


नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सह– सचिव राजनीतिज्ञ, बौद्धिक,इमानदार, विकासप्रेमी,दुरदर्शि नेता अकल बहादुर बम ( रबिन्द्र) आसन्न मंसिर ४ गते हुने निर्वाचमा बाँके निर्वाचन क्षेत्र नं. २ को प्रदेश ख बाट प्रत्यक्ष तर्फ उम्मेदवारमा सिफारिस भएका छन ।


बम जनता माझ निकै लोकप्रिय नेताका रुपमा स्थापित छन, उनि सानै उम्मेर बाट माओवादी आन्दोलनमा सहभागि भएका हुन । देशको व्यवस्था बदल्न,अवस्था बदल्न,गरिबी,भोकमरी,बुर्जुवा शिक्षाको अन्त्य,लैङ्गिक समानता,जातीय विभेद अन्त्य,गाउँ गाउँमा सिंहदरबारका सुविधा ल्याउने लगायतका थुप्रो विषय लाई मुल मुद्दा बनाएर जनता माझ हुमिने क्रममा १० बर्षे जनयुद्ध का ती कठिन क्षणहरु कैयौं रातभरि न नदिएका आँखा,पानी समेत खाना नपाएका ती सङघर्षका दिनहरु कैयौं छाक भोकै रहेको पेट,दौडदा दौडदा कोर्रिएका थिच्चिएका खुट्टा,अब के पो हुनेहो भन्ने मनमा सन्त्रास,जङ्गलको बास,सरकार पक्षबाट आकासमा उडने विमानले धर्तिमा क्रान्तिका लागि निरन्तर खटिरहेका क्रान्तिकारीको टाउकामा बर्साइएका गोलीको आवाजले अझै झस्काईरहन्छ। तर अहिले जनताका हरेक समस्या सँग नजिकबाट नियालेका बम यस पटक निर्वाचनमा भाग लिन लागेको र युवाहरुले निति निर्माणको तहमा हस्तक्षेपकारी भूमिका खेल्न आवश्यक भएको महसुस गरेको बताउछन् ।


हालको बाँके निर्वाचन क्षेत्र नं २ मा लामो समय देखी बिकास निर्णमा र जनताका समस्यसँग नजिकै हुदै जनतासंग एकाकार भएर काम गरेको र यस क्षेत्रको भूगोल राम्रो सँग अध्यन गरेको समेत बताए । बिकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो मुल एजेण्डा रहने बताए । यस पटक पार्टीले टिकट दिए आफ्ना एजेण्डा पुरा गर्न सकिने उनको बुझाई छ । प्रशासनिक, राजनितिक अबस्थाबारे जानकार भएको बताउछ्न  बि.स.२०७४ सालमा बाम गठबन्धन निर्बाचन परिचालन समिती सदस्य कुशलतापुर्वक भुमिका निर्बाह गरिसकेका जिल्ला भरि नै बाम गठबन्धनबाट प्रत्यक्ष संघ प्रदेसमा निर्बाचित गर्न ठूलो भुमिका निर्वाह गरेका बम प्रदेश २(ख)को भौगोलिक, राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक लगायत बिकासका आधारमा स्पष्ट दृष्टिकोण र मार्गचित्र दवारा तीब्र बिकास गर्ने आफुसङग स्पष्ट कार्ययोजना र क्षमता भएको बताउँछन् ।

२०५४ देखि राजनीति यात्रा सुरु सुरु गरेका बम झन्डै ३ दशक सकृय राजनीतिमा छन।पाटीको युवा संगठनको तत्कालिन थारुवान इन्जार्च हुँदै युवाको केन्द्रीय कार्यालय सदस्य , बाँके जिल्ला पाटी अध्यक्ष ,नेकपा हुदा सम्योजन समिति सदस्य हुँदै अहिले लुम्बिनी प्रदेश कमिटी सह– सचिवको भुमिकामा रहेर काम गरिसकेका छन । आन्दोलका क्रममा बिभिन्न समयमा जेल जिवन बिताउनुका साथै बर्दियाको गणेशपुर घटनामा घाईते समेत भएका थिए ।
बमले २०६८मा मध्यपस्चिम खेलकुद बिकास समितिको अध्यक्ष भएर ४ वर्षको अनुभव छ ।


बम खेलकुद बिकास समितिको अध्यक्ष हुदा निजि क्षेत्र संगको सहकार्यमा हरेक बर्ष खेलकुद महोत्वसको आयोजना गरेर खेल क्षेत्र लाई अगाडी बढाएका थिए । उनको कार्यकालमा खेल पुर्वाधार निर्माण देखी नयाँ खेलाडी उत्पादनमा उल्लेखनिय कामहरु भएको खेलकर्मीहरु बताउछन ।
विभिन्न वर्ग समुदाय मुस्लिम ,मधेसी दलित ,महिला ,पझाडिपरिएका समुदाय ,धर्म सबैलाई मिलाएर लिने क्षामता भएका बमले गठबन्धका तर्फबाट टिकट पाएको खण्डमा क्षेत्र नम्बर २ को ख वाट जित्ने निस्चित देखिन्छ ।


बाँके का सहित तथा बेपत्ता परिवार को सदस्य तथा पीडा लाई खुशीमा परिवर्तन गर्ने केही गर्नेपर्छ भन्ने हुटहुटी भयका युवा नेता संभावना का सम्पूर्ण बाँकेबासी युद्ध र शान्तीमा अटुट सम्बन्ध भयका सेतुका रूपमा रहेका समाज रूपांतरण र बिकास निर्माण का पहरेदार बालक देखी युवा वर्ग र समाज का बहुबृद्ध सम्मा अन्तर घुलन र लोकप्रिय नेता अकल बहादुर बम सधै पार्टी र वर्गको हितमा लागि परे आफू पछाडि परेर वर्ग र अरुलाई ठाँउदिदै ३ दशक सकृय राजनीति यात्रा रहेका बम यो पटक पार्टीले न्याय गर्नेमा विश्वासत छन। लामो समयदेखि राजनीति सामाजिक कार्यमा सक्रिय भुमिका निभाउनुभएका बम बलियो उम्मेद्वार रहेको स्थानिय जनता बताउँछन् ।

Nabintech