१३ बैशाख २०८१, बिहीबार
एकीकृत अखिल नेपाल शिक्षक संगठन खजुराको अध्यक्षमा मोतिराम अधिकारी


एकीकृत अखिल नेपाल शिक्षक संगठनको खजुरा गाउँपालिका समितिको अध्यक्षमा मोतिराम अधिकारी चयन भएका छन् ।

खजुरा गाउँपालिकाको एकीकृत अखिल नेपाल शिक्षक संगठनको निर्वतमान अध्यक्ष निम बहादुर मल्लको अध्यक्षतामा बसेको दोस्रो नगर अधिवेशनबाट खजुरा गाउँपालिका समितिको अध्यक्षमा मोतिराम अधिकारी चयन भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णा कुमारी शर्मा, उपाध्यक्षमा डम्बर खत्री, सचिवमा पवित्रा वैगार, कोषाध्यक्षमा निर्मल खत्री चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा पदम बहादुर शाही, जयन्ती ढकाल चन्द, गोरख चदारा, कृष्ण सुमन कडेल,शुष्मा थपलिया, करसिंह राना, मुसिर खान, कृष्णा चदारा, नाम बहादुर वि.क., खिम राना, खुमानन्द आचार्य, गणेश थपलिया, कृपाराम यादव, कल्पना खड्का र भिमा वस्नेत चयन भएका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान), नेकपा (माओवादी केन्द्र) का खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक, खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनिराम वली, नेपाल बुद्दिजिवि संगठन खजुराका अध्यक्ष महेन्द्र खत्री, नेपाल विद्यालय कर्मचारी परिषद बाँकेका अध्यक्ष कृष्ण कुवंरको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान), खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनिराम वली र कर्ण मल्लले निर्वाचित हुनुभएका सम्पूर्ण टिमलाइ सफल कार्यकालको शुभकामना दिएका थिए ।

निर्वतमान उपाध्यक्ष मोतिराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन एअनेशिसंको खजुरा गाउँपालिका निर्वतमान कार्य समितिका सचिव डम्बर खत्रीले गरेका थिए ।

Nabintech