११ बैशाख २०८१, मंगलवार
एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर अध्यक्षमा ढकाल


एकीकृत अखिल नेपाल शिक्षक संगठनको शनिबार भएको दोस्रो नगर अधिवेशनबाट संगठनको ३ वर्षे नेतृत्वका लागि नगर अध्यक्षमा बद्रि ढकाल हिरामणि सहित २१ सदस्यीय समितिमा ५ सदस्य पछि मनोनित गर्ने गरि सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य एवं बाँके इन्चार्ज ईश्वर पौडेलले अबको स्थानीय नेतृत्वको महत्वमाथि चर्चा गर्दै स्थानीय विद्यालय शिक्षाका सबैखाले समस्याहरूको समाधान गर्न स्थानीय तहमा सक्षम नेतृत्व हुनुपर्ने बताए । शुभकामना मन्तव्य दिदैँ कार्यक्रमका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य सेतिराम गोसाइँले भने,–‘विचार नमिल्ने २ पार्टी मिल्दैमा हुँदैन । पहिले विचार, सिद्धान्त, मिल्नु पर्छ । पहिला नेकपा हुँदा पनि शिक्षक संगठनहरू एकआपसमा मिल्न सकेका थिएनन् । अहिले पार्टीले पनि त्यहि बाटो समातेको छ ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कोहलपुर नगर समिति अध्यक्ष अबराज खड्काले शिक्षकहरू समाज चेतनाका बाहक भएको बताए । कार्यक्रममा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष नेमकान्त दाहाल, सचिव दिलिप वलि, नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले आफ्ना विचार राखेका थिए ।

आजै भएको बन्द सत्रबाट लुम्बिनी प्रदेश सदस्य बद्री ढकालको नेतृत्वमा आगामी ३ बर्षको कार्यकालका वरिष्ठ उपाध्यक्षमा शंकर न्यौपाने, महिला उपाध्यक्ष यमुना चन्द, सचिबमा जनक बडुवाल, कोषाध्यक्षमा तारा चन्द, सदस्यहरूमा दिपा सिग्देल, धन बहादुर परियार, गंगा गिरी, रेणुका शर्मा, विजय गुरूङ्ग, डि।वि। मल्ल, सीता वली, विष्णु बस्नेत, मैया तिमिल्सिना लगायत रहेका छन् ।

गिता ढकालको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रेम भण्डारीले सन्चालन गरेका थिए ।

 

Nabintech