१३ बैशाख २०८१, बिहीबार
चन्द्र प्रकाश शर्मा : वाल संगठन सदस्य देखि प्रदेश सभा सदस्य उम्मेदवार सम्म


बाबु रेशमलाल शर्मा र आमा स्व. इन्द्रकुमारी शर्माको कोखबाट काइलो सन्तानको रुपमा जम्मेका ३७ बर्षिय चन्द प्रकास शर्मा १२ बर्षको उम्मेरमा नै माओवादी बाल संगठनको सदस्य बनेका थिए ।
१६ बर्षको उम्मेरमा घर परिवारसँग विदाई भएर पुर्णकालिन भएका शर्माले सुरुमा माइलो दाजु टंक प्रसाद शर्मा (सौगात) भूमिगत नेता भएकोले उहाँ सँगै पाटीका काममा जोडीए ।
गाउँ छिमेकमा हुने वर्ग विभेद समाजका तमाम खालका अन्याय अत्याचार सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि कम्युनिष्ट पार्टी र माओवादी जनयुद्धमा लाग्न प्रेरित भई गहिरो छाप परेको बताउने शर्माले बिशेष गरि पार्टीको साँस्कृतीक मोर्चामा रहेर काम गरे ।
२०५९ मा महान सहिद पुष्प थारु विशाल को पहल र अगुवाईमा सिमा जनसांस्कृतिक परिवार विशेष जिल्ला कलाकारको गठन हुदा संस्थापक सदस्य भईकाम गरेका शर्मा , २०५९ देखि २०६१ सम्म जिल्ला जनकलाकार का विभिन्न विधाहरुमा क्रियाशिल भई काम गरे ।
२०६१ देखि सिमा जनसाँस्कृतिक परिवार विशेष जिल्ला संयोजक , २०६१ देखि २०६३ सम्म चुरे जनसाँस्कृतिक परिवारको विशेष जिल्लाको संस्थापक अध्यक्ष , इच्छुक जनसांस्कृतिक सैन्य प्लाटुन विशेष जिल्ला कमान्डर र पार्टी एसिएम भई काम गरेका थिए ।
भेक सांस्कृतिक संगम क्षेत्रिय जनकलाकार सदस्य , २०६३ देखि २०६५ सम्म विशाल जनसांस्कृतिक परिवार थारुवान राज्य समितिको जनकलाकार सदस्य भई काम गरेका शर्मा २०६५ मा साँस्कृतिक फाँटबाट पार्टी कमिटिमा सरुवा भई बाँके पार्टी जिल्ला कमिटी सदस्य तथा एरिया कमिटी सेक्रेटरी भई काम गरेका थिए । २०६५ देखि २०६७ सम्म पार्टी जिल्ला कमिटी सदस्य तथा इलाका इन्चार्ज , २०६७ मा पार्टी थारुवान राज्य समिति सदस्य , २०६९ देखि २०७४ सम्म लगातार बाँके जिल्ला कमिटी सदस्य एवम विभिन्न समयमा गाउँ कमिटि उपाध्यक्ष इलाका सेक्रेटरी इलाका इन्चार्ज भई काम गरेका थिए ।


२०७४ मा राज्य पुर्नसंरचना अनुसार स्थानीयतहको निर्माण सँगै पार्टीको प्रथम ऐतिहासिक पालिका सम्मेलनबाट सर्वसहमत पालिका कमिटि अध्यक्षमा निर्माचितभई काम गरेका थिए ।
हाल उनि बाँके क्षेत्र नं. १ क्षेत्रीय समन्वय समिति सचिवको जिम्मेवारीमा रहि कामगर्दै आईरहेका छन । उनि नेपाल कम्युनिष्ट पार्टी माओवादीको तर्फबाट आसन्न मंसिर ४ माहुने निर्वाचनमा बाँके क्षेत्र नं. १ क प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन । पार्टी र गठबन्धका तर्फबाट उम्मेदार बनेको खण्डमा आफ्नो सहज जित हुने उनको दाबी छ । जनता संग जोडीएर वर्ग प्रति ईमान्दार रुपले काम गरेका कारण आफु लोकप्रिय उम्मेदवार रहेको उनको दाबि छ ।
राजनिती बाहेक उनि समाजिक तथा मानविय सेवाका क्षेत्रमा उत्तिकै क्रियासील छन । भूमिगत रुपमा पार्टीको नेतृत्वमा संचालित वर्ग विभेद, सामाजिक असमान्त, सामाजिक, साँस्कृतिक रुढीवादी परम्परा, र विकृति विसंगतिका विरुद्धमा जनवादी भैलो आयोजना गरी संकलित रकम बिभिन्न समाजिक काममा लागाउने गरेको उनि बताउछन । उनि हाल राप्ती सोनारीको विपद व्यवस्थापन समितिमा रहेर काम गरि रहेका छन भने साकार कृषि सहकारी संस्था लि. संचालक समितिको सचिव र बिकट राप्ती सोनारी क्षेत्रको जनसिद्धेश्वर बहुमुखी पब्लिक क्याम्पस संचालक समितिको अध्यक्ष रहेर काम गरि रहेका छन ।
नेकपा(माओवादी), एकिकृत ने क पा (माओवादी), ने क पामाओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पुनः नेकपामाओवादी केन्द्र, पार्टीको मूल नेतृत्वमा रहि निरन्तर पार्ट टाइमर देखि होल टाइमर भई पार्टी क्रान्ति देश र जनताको मुक्तिको यात्रामा अविचल्लीत र अविरामयात्रामा रहेकोले आफु प्रदेश सभा सदस्य पदका लागी उपयुक्त पात्र भएको उनको भनाई छ ।
खास गरी राप्तीपारी सोनारी र बघौडा क्षेत्रमा संगठनात्मक निरन्तरता , श्रङखलावद्ध नेतृत्व निर्माणमा प्रमूख भूमिका निर्वाह गरिसकेको र वर्ग, पार्टी र क्रान्तिप्रति अघात निष्ठा, प्रतिबद्धता, क्रियाशिलता, निरन्तरता कारणले आफु सो पदमा प्रमुख दाबेदार भएको उनि बताउछन ।
भुमिगत जिवनमा नै अन्र्तजातिय बिवाह गरेका शर्माको १ छोरा र १ छोरी छन ।

 

Nabintech