१२ बैशाख २०८१, बुधबार
शारदा पोलिक्लिनिकको प्रथम वार्षिक उत्सव


बाँकेको कोहलपुर—११ मा रहेको शारदा पोलिक्लिनिक प्रा.लि ले प्रथम वार्षिक उत्सव सम्पन्न गरेको छ । शनिबार एक औपचारीक कार्यक्रम गरी शारदा पोलिक्लिनिक प्रा.लि.का प्रबन्ध निर्देशक सफल विकले १३ प्रकारका सेवाहरु प्रवाह गरिरहेको बताए ।

‘नेपालगञ्ज मेडिकलल कलेजमा लामोसमयदेखि गुणस्तरीय सेवा दिँदै आइरहेका फिजिसियन डा. श्याम विकले प्रत्यक्ष रुपमा सेवा दिइरहुनुभएको छ’ उनले भने, अहिले १३ प्रकारका सेवाहरु प्रवाह गरिरहेका छौं । पोलिक्लिनिकबाट वर्षमा २५ हजार ५ सय विरामीलाई उपचार गरेको प्रबन्धक निर्देशक विकले बताए । उनका अनुसार जनरल मेडिसिन, हाडजोर्नी तथा नसा सम्बन्धी, बाल रोग विशेषज्ञ, आधुनिक ल्याब, फिजियोथेरापी तथा एक्युपञ्चर सेवा, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे, गुणस्तरीय औषधी, डिजिटल एक्सरे, एम्बुलेन्स सेवा, इसीजी/प्रसुती तथा स्त्री रोग सेवा, ढाड बाङ्गिएको, हात खुट्टा नचल्ने, पक्षघात, हात खुट्टा झमझम गर्ने आदीको विशेषज्ञ सेवा प्रवाह गरिरहेको छ । प्र

तिशत छुटमा उपचार गरिएको छ भने हरेक महिनाको १५ गते जेष्ठ नागरिकहरुलाई ल्याब टेष्ट र सुगर निःशुल्कमा उपचार गरिएको प्रबन्धक निर्देशक विकले बताए ।

Nabintech