१४ बैशाख २०८१, शुक्रबार
‘कोरियन र लुम्बिनी प्रदेशको सम्बन्ध युगौ युगसम्म रहनेछ ” मुख्यमन्त्री केसी


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश र कोरियनको समन्ध विगतदेखि रहदैँ आएकोले अझै युगौँ युगसम्म रहने प्रतिवद्धता व्यक्त गरेका छन ।
मुख्यमन्त्री केसीले कञ्चन गाउँपालिका रुपेन्दहीको पिपरीचौतारामा बुद्धिष्ट कल्चर एक्चेन्ज टेम्बलको शिलेन्यास कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
मुख्यमन्त्री केसीले बौद्ध गुम्बा निर्माणले नेपाल र कोरियनबीचको साँस्कृतिक, आर्थिक रुपमा आदान प्रदान हुने भएकाले गर्दा बृहत योजनाले कञ्चनबासीको जीवन परिवर्तनका लागि कोसेढुङ्गगा सावित हुने बताए । उनले लुम्बिनी प्रदेश सरकारले कञ्चन गाउँपालिकामा बनाउने भनेर पहिले देखिनै पहल थालेको बल्ल योजनाले सार्थकता पाएकामा कोरियन टिमलाई प्रदेश सरकारो तर्फबाट धन्यवाद व्यक्त गरे ।
मुख्यमन्त्री कुलप्रसाद केसीले शैक्षिक सिकाई, धार्मिक सद्भाव, आर्थिक उपार्जन भार्षिक सिकाई लगायतका क्षेत्रमा परिवर्तन गरी कञ्चनबासीको समेत जीवन परिवर्तन हुने बताए ।

Nabintech