११ बैशाख २०८१, मंगलवार
मन्त्री अथकको पहलमा राष्ट्रपति शैक्षिक सुधारकालागि बाँकेका २३ वटा विद्यालय छनोट


शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् ।

युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो । छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरीने छ ।

चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. चन्नहवा, जनज्योती आ.वि. झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवटवा छनौट भएका छन ।

त्यसैगरी दुई कोठे पक्कि भवनकालागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकरनगरकोटीया छनौटमा परेका छन । छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनकालागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणकालागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन । कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि. नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाकालागी छनौट भएका छन । छनौट भएका विद्यालयहरुमा  (सूचना तथा प्राविधि प्रयोगशाला)

निर्माणकालागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणकालागि बजेट विनियोजन भएको हो ।

Nabintech