६ बैशाख २०८१, बिहीबार
दामोदर अधिकारी–छापामार दलको सदस्यदेखी प्रदेश सांसदको उम्मेदवारसम्म


कोहलपुर/ कोहलपुर नगरपालिका र आसपासका क्षेत्रमा एक जान पहिचानको नाम हो दामोदर अधिकारी (सम्भव) । कोहलपुर नगरपालिका वडा नं ३ का स्थानिय वासिन्दा अधिकारी राजनितीका अलावा समाजिक क्षेत्रमा पनी उत्तिकै सक्रिय छन ।

आफु उमेर समुहका साथिभाईदेखि सबै उमेर समुहमा उनि उत्तिकै लोकप्रिय छन । प्रदेशसभा निर्वाचनमा उनि बाँके क्षेत्र नं १ ख बाट माओवादी केन्द्रका एकल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन । झण्डै एक दर्जन उम्मेदवार आँकाक्षी रहेका सो क्षेत्रबाट क्षमतावान युवा नेतृत्वका हिसावले उनि भन्दा सिनियर र जुनियर सबैले एक मतले उनलाई उम्मेदवारमा सर्मथन गरेको एक नेताले बताए ।

माओवादी केन्द्रको अन्य निर्वाचन क्षेत्रमा कम्तीमा ३ भन्दा धेरै उम्मेदवार आँकाक्षी भएकोमा उनि र्सवसम्मत एकल उम्मेदवार चएन हुदा पार्टी भित्र र बाहीर समेत उनको चर्चा चुलिएको छ । ४१ बर्षिय अधिकारीले २५ बर्ष राजनैतिक कर्ममा बिताएका छन । २०५५ सालमा भुमिगत भएका अधिकारी, २०५६ सालमा छापामार दलको सदस्य,२०५७ सालमा सेक्सन कमाण्डर,२०५८ मा प्लाटुन कमाण्डर,०५९ मा कम्पनी कमाण्डर, २०६० मा बिग्रेड सहायक कमाण्डर भएका थिए । शान्तिपुर्ण राजनितमा आएसंगै २०६८ सालमा पार्टी जिल्ला सदस्य,२०६९ सालमा राष्ट्रिय महाअधिबेसन आयोजक समिती सदस्य भएर काम गरेका छन ।

पछिल्लो समय उनि माओवादी केन्द्रको लुम्बिनी प्रदेश सदस्यका रुपमा पार्टी काममा क्रियासील छन । कुसल कमाण्डर र कुसल संगठक अधिकारी तत्कालीन जनमुक्ति सेनाको सिपाही र काण्डरका रुपमा दाङको घोराही, अछामको मंलसेन, कालिकोटको कोटवडा, अछामको बिनायक, दैलेखको नौमुले, जुम्लाको खलङा, पाल्पको तानसेन लगायतका आक्रमणमा प्रत्यक्ष रुपमा संलग्न थिए । गणतन्त्र स्थपनाको लागी भएको बर्ग संर्घषमा प्रत्यक्ष रुपमा संलग्न भएका अधिकारी आगामी दिनमा निति निर्माणको तहमा पुगेर काम गर्ने बताउँछन । जनयुद्धको दौरानमा खारा आक्रमणका क्रममा घाईते समेत भएका अधिकारी नाफाको जिवन जनताको सेवामा समर्पित गर्ने सोचका साथ शान्तिकालमा समेत राजनितीमा निरन्तर सक्रिय भएर लागेका छन । राजनिती धन आर्जन गर्ने माध्याम नभएर समाज सेवा गर्ने, आम जनताको जनजिवीकाको वकालत गर्ने माध्याम भएको भएको उनको बुझाई छ ।

जनयुद्धका दौरानमा आफुसंगै युद्ध मोर्चामा सहादत प्राप्त गरेका सहयोद्धहरुलाई सम्झदै उनले आम जनताका साथै परिर्वतनका लागि लडेका सहिद र बेपत्ता परिवार, घाईते योद्धहरुकालागी पनि थुपै्र काम गर्न बाँकी रहेको बताउँछन । आफु बेपत्ता परिवार समेत भएको बताउने अधिकारीका काका लक्ष्मिप्रसाद अधिकारीलाई हालसम्म तत्कालीन राज्य पक्षले बेपत्ता बनाएको छ ।

सबैका प्रिय दामोदर

दामोदर अधिकारी माओवादीभित्र र बाहीर उत्तिकै लोकप्रिय छन । सबै दलमा चुनावका आँकाक्षिहरुको ठुलो लाईन हुने गरेको छ । तर दामोदर अधिकारी भने सम्भवत माओवादी केन्द्रको लुम्बिनी प्रदेशमै पहिलो त्यस्ता उम्मेदवर हुन जसको एकल नाम सिफारिस भएको छ । बाँके १ ख बाट उनको एकल नाम सिफारीस भएको हो ।

दर्जनौ नेताहरु आँकक्षी भएपनि आफु भन्दा सिनियर नेताहरुको प्रस्तावमा आफु र्सवसम्मत र एकल सिफारिस भएको उनि बताउँछन । बैठकमा जाँदासम्म आफु उम्मेदवार बनुला जस्तो नलागेको बताउने अधिकारी बैठकमा आफुलाई सिनियर देखि जुनियरसम्मले एकल उम्मेदवार सिफारिस गर्दा आफु अत्यन्तै खुसि भएको बताउँछन । गठबन्धनका कारण टिकट पाउने फिक्स नभएपनि जो जसले टिकट पाएको अवस्थामा पनि गठबन्धनलाई चुनाव जिताउन लागि पर्ने उनले बताए ।

Nabintech