१६ चैत्र २०८०, शुक्रबार
डेन्गु रोग नियन्त्रणका लागिएक दिने अभिमुखिकरण खजुरामा सम्पन्न


खजुरा।देशभरी नै डेंगु रोगको संक्रमण बढ्दै गएपछि त्यसका नियन्त्रणका लागि बाँकेको खजुरा गाउँपालिकाले पनि डेन्गु रोग सम्बन्धी सरोकारवाला संग एक दिने अभिमुखिकरण कार्यक्रम खजुराको मिनि पार्कमा सम्पन्न गरेएको छ ।
रोगको नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव लगायतका बिषयमा खजुरा गाउँपालिका स्वास्थ्य शाखाले सरोकारवाला संग बुधबार छलफल गरेको हो ।छलफलमा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बिकले डेंगु रोग नियन्त्रणका लागि जनचेतनाको बिकास गर्दै सरसफाईको गति
विधि संचालन गर्न अनुरोध गर्नुभयो ।
डेन्गु रोग सम्बन्धी सरोकारवाला संग एक दिने अभिमुखिकरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले देशभरी नै महामारीका रुपमा डेंगुको संक्रमण बढेकाले यसको नियन्त्रणका लागि आवश्यक कार्यहरु आम जनता सबैले गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस रोगको नियन्त्रण गर्न मुख्यतया सरसफाई, पानी जम्ने स्थानको सरसफाई तथा व्यवस्थापन रहेको बताउनुभयो ।पालिकाका स्वास्थ प्रमुख दिपक ढकालले यस रोगको संक्रमण नियन्त्रणका लागि पालिकाका सबै स्वास्थ्यकर्मी समेत लड्न तयार रहेको भन्दै आवश्यक कार्यहरु संचालन गर्ने बताउनुभयो ।
गाउँपालिका प्रवक्ता धनिराम वलिले जनताको स्वस्थ्यलाई स्वास्थ राख्न कुनै सर बाँकी नरने बताउनुभयो । कार्यक्रममाकसर बाकी नरने बताउनुभयो ।खजुरा गाउपालिकामा ३ मा रहको प्रथमिक स्वास्थ केन्द्र मा निशुल्क परिक्षण हुने र एडिज एजिप्टाइल नामक लामखुट्टेले बिहानको झिसमिसे देखि साझ सम्म टोक्ने र सफा पानीमा फुल पार्ने भएकाले आफ्नो घरको वरिपरि सफा गर्ने पानी जम्न नदिने र घर भित्र राखेको गमलाको तल जम्मा भएको पानी फाल्ने , कुलरको पानी हप्तामा द्द पटक सम्म फेर्ने र हातखुट्टा छोपिने गरि लामो लुगा लगाउने सुझान खजुरा स्वास्थ्य शाखाकि नर्सिङ लक्ष्मी केसि वलीले जानकारी दिनु भएको छ ।डेन्गु रोग बाच्ने उपाए र यसका लक्ष्णहरु खजुरा गाउँपालिकाको सम्पुर्ण वडामा माइकिङ द्वारा सचेत गराउने कार्यक्रम पनि सुरु भएको छ । साथै स्वयं सेविकालाई पनि प्रत्येक वडामा परिचालित समेत गर्ने निर्णय भएको छ । कार्यक्रममा पालिकाको जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, पत्रकार तथा सरोकार वालाको उपस्तिथि रहेको थियो।

Nabintech