६ बैशाख २०८१, बिहीबार
माओवादी नेतृत्वमा मात्रै बघौडा क्षेत्रको बिकास सम्भव छ : नेता नरेन्द्र न्यौपाने


कोहलपुर /नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले पछाडी पारिएको  बघौडा क्षेत्रको  बिकास माओवादी नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन ।

बुधवार राप्ती सोनारी र नरैनापुर क्षेत्रका अगुवा कार्यक्रर्ता र जनता संगको भेटमा उनले यस्तो बताएका हुन । उनले आसन्न संघ तथा प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु बिजयी भएमात्रै जिल्लाको बिकट क्षेत्र बघौडाको बिकासमा थप टेवा पुग्ने बताए ।


उनले (माओवादी केन्द्र) गठबन्धन गरेर चुनावमा जाने निर्णय गरि सकेकाले गठबन्धनका उम्मेदवारहरु लाई बिजयी गराउन सक्रिय भएर लाग्न कार्यक्रर्ता लाई आग्रह गरे । संबिधानको रक्षाका लागी बिशिष्ट अवस्थामा गठबन्ध निर्माण भएकाले अहिले पनि त्यसको आवस्यकता उत्तिकै रहेको उनको भनाई थियो ।


माओवादी केन्द्रको पहलमा नरैनापुर र राप्ती सोनारी क्षेत्रमा मुख्य सडक , बिजुली बत्ति , तटबन्ध , दुई दर्जन बढी बिधालय भवन , साना ठुला पुल लगायतका मुख्य कामहरु सफलता पुर्वक सम्पन्न भएको बताउदै उनले आगामी दिनमा पनि माओवादी नेतृत्व आवश्यक रहेको धारणा राखे ।


माओवादी नेतृत्व संघ तथा प्रदेशमा बिजयी भएमा आगामी दिनमा जन जिबिका र प्रशासनिक सुगमताका लागी काम गर्ने समेत धारणा राखे । उनले ईलाका प्रशासन कार्यालय लाई नरैनापुर बाटै काम गर्ने बातावरण निर्माण गर्न तथा नापि तथा मालपोत र बिधुत कार्यालय समेत बघौडा क्षेत्रमा स्थपना गनु पर्नेमा जोड दिए ।


अगुवा कार्यक्रर्ता तथा जनभेटघाट कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने , बाँके क्षेत्र नं १ सघिय निर्वाचन क्षेत्र समन्वय समितीका सचिव चन्द्र प्रकास शर्मा अंकित , प्रदेश निर्वाचन क्षेत्र १ ख का संयोजक दामोदर अधिकारी सम्भव , नरैनापुर गाँउ पालिका ईन्चार्ज सब्बिर खाँ लगायतको सहभागीता रहेको थियो ।

Nabintech