१२ बैशाख २०८१, बुधबार
बाँके काठमाण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्ट चयन


काठमाण्डौं / नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) निकट बाके(काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा दिपेन्द्र विष्ट चयन भएका छन ।

शनिबार काठमाण्डौंमा सम्पन्न समितिको तेस्रो भेलाले विष्टको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो । समितीको वरिष्ठ उपाध्यक्षमा शिव प्रसाद गौतम, उपाधयक्षमा पूर्ण के.सी. र भुपराज खनाल तथा सचिवमा असर्फीलाल थारु चयन भएका छन । त्यसैगरी सहसचिवमा अमृत प्रसाद सिग्देल, कोषाध्यक्षमा लिला गिरी चयन भएका छन । समितिको सदस्यहरुमा ओमबिक्रम शाही, टिकाराम ज्ञवाली, उत्तम परियार, सरस्वती गौतम, धिरज थारु, उत्तम कुमार थारु, नरेश थारु, मखन थारु, तेजेन्द्र गौतम, राजन पुरी, चन्द्र बहादुर बस्नेत, अन्जली पुरी, हरी बहादुर चौधरी, कृष्ण बहादुर चौधरी, गिता शाही, प्रदिप खनाल श्रवण चौधरी, पवन चौधरी, दिपक चौधरी, मदन चौधरी, जय बहादुर चौधरी र तृष्ण स्याङ्तान (लामा) चयन भएका छन ।

भेलाले शालिक राम सापकोटाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा कलिमन खत्री, नारायणदत्त बराल, गंगा सिग्देल, बिपना योगी, ऋषिराम पोखरेल र तेज प्रसाद रेग्मी रहेका छन । बाँके क्षेत्र नं. १ का सँसद एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा काठमाण्डौंलाई कमथलो बनाएर बसोबास गर्दै आईरहेका बाँकेका सय बढि युवाहरुको सहभागीता रहेको थियो ।

Nabintech