७ बैशाख २०८१, शुक्रबार
कोहलपुर बृहत्त शहरी खानेपानी तथा उपभोक्ता संस्थाद्धारा साधारणसभाको तयारी तिव्र

खानेपानीको क्षेत्रमा आमुल परिर्वतन भएको छ : सचिव प्रेम कटुवाल



कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको बार्षिक साधारण सभाको तयारी भईरहेको छ । साधारणसभाका लागी वडास्तरका भेलाहरु भईरहेको संस्थाका अध्यक्ष नरबहादुर मल्लले बताए ।
कोहलपुर नगरपालिका वडा १,२,५,६,१०,११ र १२ लाई स्वच्छ खानेपानी दिदै आएको संस्थाका हाल वडास्तरीय समितीहरु गठन भईरहेका छन ।
७ वटा वडा मध्ये ६ वडाको भेला सम्पन्न भएको र वडा नं २ को भेला बाँकी रहेको अध्यक्ष मल्लले जानकारी दिए ।


संस्थाको बिधान अनुसार साधारणसभा अघि वडास्तरका उपभोक्ताबाट वडा समिती र १० बरावर १ का दरले प्रतिनिधी चएन गरिने बिधानमा उल्लेख छ । बिधान अनुसार छनोट भएका प्रतिनिधीहरुबाट संस्थाको मुल समिती सर्वसहमतीबाट गठन गरिने उल्लेख छ ।
कुल ५ हजार १ सय उपभोक्त मध्ये बाट ५ सय १० प्रतिनिधी छनोट हुने र ति प्रतिनिधीबाट कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको सर्बसम्मत नयाँ कार्यसमिती चयन हुने संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले जानकारी दिए ।
चापागाईका अनुसार सर्बसम्मत नेतृत्व चएन हुन नसके ५ हजार १ सय उपभोक्ताले मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने बिधानमा उल्लेख रहेको छ । तर ५ हजार १ सयलाई मत अधिकार भएपनि ५ सय १० प्रतिनधी मध्येबाट मात्रै उम्मेदवार हुन पाउने बिधानमा व्यवस्था रहेको संस्थाका कोषाध्यक्ष चापागाईले बताए ।

वडा तहमा जेष्ठ नागरीकको अध्यक्षमा भेला राखेर सर्बसम्मत वडा तहको नेतृत्व चयन गरिएको अध्यक्ष मल्लको भनाई छ ।

खानेपानीको क्षेत्रमा आमुल परिर्वतन भएको छ : सचिव प्रेम कटुवाल

नियमीत साधारणसभा ५ बर्षमा गनु पर्ने कार्यसमिती गठन भएको समितीले झण्डै ७ बर्ष पुरा गर्न लागेको छ । कोरोना महामारी र निर्माणाधिन आयोजनाका कामका कारण समयमा साधारणसभा गर्न नसकिएको सस्थाको साधारणसभाको तयारी भईरहेको छ ।
झण्डै ७ बर्षको अवधीमा संस्थाले खानेपानीमा के कस्ता सुधार र परिर्वतन गर्न सफल भयो । संस्थाका सचिव प्रेम कटुवालसंग गरिएको छोटो कुराकानी ।

कस्तो रह्यो तपाईको यो कार्यकाल ?

कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाकामा हाम्रो कार्यकालमा कोहलपुर क्षेत्रमा आमुल परिर्वतन भएको छ । झण्डै १ हजार ८ सय ग्राहक रहेको खानेपानीका हाल ५ हजार १ सय ग्राहक संख्या पुगेको छ ।
अझै खानेपालीको धारा माग्न आउनेहरुको दैनिक लाम छ । धारा मात्रै होईन हामिले प्रबिधीमा पनि गुणात्मक सुधार गरेका छौ । घरेलु प्रबिधी बाट पानि शुद्ध गर्ने गरिएकोमा हाल जियो लाईट प्रबिधीबाट पानि प्रशोधन गरेर उपभोक्ताको घर घरमा पठाउने गरेका छौ । यो पश्चिम नेपालमा नै नयाँ र पहिलो हो । हामिले आफ्नै कार्यालयमा १७ प्रकारको ल्याव टेष्ट गरेर मात्रै उपभोक्तका घरमा पुर्याउने गरेका छौ । बिगतमा ल्याव टेष्ट गर्न अन्यत्र पठाउने गरिएको थियो । अहिले हामिले दैनिक १८ लाख लिटर पानी उपभोक्तालाई पाठाई रहेका छौ ।
हामि कार्य समितीमा आईसकेपछि खानेपानिको लाईन ठुलो मात्रामा बिस्तार गरिएको छ । बिगतमा ६५ किलो मिटर रहेको खानेपानीको पाईप लाई बिस्तार गरेर १ सय ३५ किलो मिटर पुर्याईएको छ । बिगतमा ४ लाख ५० हजार लिटर पानी ट्याकी रहेको खानेपानीमा सोही क्षमताको अर्को ट्याकी निर्माण गरिएको छ । कोहलपुर १ कौशिल्या नगरमा ट्याकी थप गर्न आवश्यक प्रक्रिया सुरु भएको छ । कोहलपुरको मुख्य बजार क्षेत्र टाउन प्लान एरियामा सम्पुर्ण पाईप रिप्लेस गर्न प्राबिधीक तयारी पुरा भएको छ । यसरी हेर्दा हामिले कोहलपुरमा खोनपानीको क्षेत्रमा आमुल परिर्वतन गर्न सफल भएका छौ ।

थुप्रो सुधारकाका काम हरु गरेको लिष्ट सुनाउनु भयो । तर उपभोक्तामा केही बिरोधका स्वरहरु सुनिन्छ किन ?

हो हामिले सुधार गरेका छौ । तर यो पुर्ण छैन । ५ हजार १ सय उपभोक्त मध्ये भण्डै ५ सय उपभोक्ताका घरमा नियमित पानी पुर्याउन सकिरहेका छैनौ । खास गरि कोहलपुर १० हाईस्कुल क्षेत्रमा पानि पुर्याउन केही समस्या छ । चौराहादेखी गोल्छासम्मको मुल लाईनमा समस्या आएकाले त्यस क्षेत्रमा पानि पुर्याउन समस्या भएको हो । सो क्षेत्रको मुख्य पाईप लाईन सुधार गर्न ठुलो रकम लाग्ने र तत्काल हुने काम पनि भएन । यो प्रक्रियामा रहेको र बिभिन्न सरोकारवाला संग सहकार्यको प्रयास भई रहेको छ । त्यो बाहेक पनि कोहलपुरमा खानेपानीको समस्या व्यापक रहेकाले कयौ स्थामा धारा बिस्तार गर्न पाएका छैनौ । जमिन मुनि पाईप हुने र कतिपय समयमा समयमा र्ममतका काम पनि हुन नसस्दा केही समस्या पैदा भएको हो । यि र यस्ता कारणले बिरोधका स्वरहरु सुनिने गरेका छन ।
तपाईले भन्नु भएका यि समस्याहरुको समाधान कहिले सम्म र कसरी हुन्छ ?
मुख्य लाईन बिस्तारका लागी सरोकार वाला संग सहकार्यमा काग गर्ने तयारी भईरहको छ । कौशिल्ला नगरमा खानेपानी ट्याकी निर्माण गर्ने र मुख्य बजार क्षेत्र टाउन प्लानमा सम्पुर्ण पाईप नयाँ जडान गर्ने तयारी भईरहेको छ । यि काम गर्दा मुख्य समस्या हल हुने देखिन्छ ।
यस बाहेक भुमिगत पानिले मात्रै पुग्दैन । कोहलपुरमा प्रयाप्त खानेपानीका लागी भेरी बबई डाईभसनबाट पानि पानि ल्याउने गरि हामिले अध्ययन गरेका छौ । आगामी १० बर्ष भित्र बबई डाईर्भसनको पानी ल्याउन नसक्ने हो भने कोहलपुरमा पानीको ठुलो समस्या हुने छ । हामिले त्यसका लागी पनि पुर्वााधार तयारी गरि रहेका छौ ।

अत्यमा तपाई पछिल्लो समय दैलेख जिल्लाको राजनितमा पनि सक्रियहुनुहुन्छ । दुई भुमिका कसरी निभाई राख्नु भएको छ ?

पछिल्लो समय म कोहलपुर खानेपानीको सचिव भन्दा दैलेखमा पार्टी र समाजिक काममा बढी केन्द्रित छु । यहाँको दैनिक कामहरुलाई सस्थाको सहसचिवलाई जिम्मेवारी दिएको छु । मुख्य समस्याहरु समाधानका लागी बिभिन्न तवरले भुमिका खेलेकै छु ।
म दैलेख जिल्ला माओवादी केन्द्रको जिल्ला संयोजक भएर काम गरिरहेको छु । र कोहलपुरमा खानेपानीको सचिव । खासगरी कोहलपुरको खानेपानी संस्थाको सचिव भएर काम गर्दा मैले थुपै्र नयाँ बिषयहरु बारे जानकारी लिने सिक्ने मौका समेत पाएको छु । कोहलपुरमा भन्दा दैलेखमा खानेपानीको समस्या ठुलो र बिकराल रहेकाले यहाँको अनुभवलाई अव दैलेख जिल्लामा उपयोग गर्ने सोचमा छु । दैलेखमा झण्डै ५१ किलो मिटर टाँढा बाट पानि ल्याउनु पर्ने बाध्यता छ । हामिले त्यसलाई हल गर्ने गरि काम अगाडी बढाउदै छौ । मेरो यस कार्यकाल करिव सकिएको छ, म पुर्ण रुपमा दैलेख जिल्लाको खानेपानी लगायतका समस्या समाधानका लागी पुर्ण रुपमा लाग्ने छु ।

Nabintech